काठमाडौं । कियाले नेपाली बजारमा तीन मोडलका ईभी ल्याइरहेको छ । कम्पनीले ईभी सिक्स, ईभी नाइन र केही महिना अगाडि ल्याएको ईभी फाइभ उपलब्ध गराउँदै आएको हो ।
कम्पनीले ३ मोडल बिक्रीको लागि उपलब्ध गराएपनि सन् २०२५ मा केबल ८ युनिट कार आयात गरेको देखिन्छ । कम्पनीले सन् २०२५ मा ईभी सिक्स क्रसओभर एसयूभी एक यूनिट पनि आयात गरेको देखिँदैन ।
किया ईभी सिक्स विश्वका धेरै देशमा निकै सफल मोडल मानिन्छ । नेपाली बजारमा १ करोड २५ लाख ९० हजार रुपैयाँ तोकेर बिक्रीको लागि उपलब्ध गराएको छ ।
कन्टिनेन्टल ट्रेडिङले सन् २०२३ मा ३० युनिट ईभी सिक्स ल्याएको थियो । त्यसपछि कम्पनीले सन् २०२४ मा १० युनिट ल्याए तथ्यांकमा देखिन्छ । अहिलेसम्म ईभी सिक्स केबल ४० युनिट मात्रै आयात भएको छ ।
किया ईभी नाइन नेपाली बजारमा उपलब्ध सबैभन्दा ठूलो साइजको इलेक्ट्रीक एसयूभी हो । यसको मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ तोकेर सन् २०२४ मा सार्वजनिक भएको हो । पहिलो वर्ष २० युनिट आयात भएको ईभी नाइन सन् २०२५ मा केबल ६ युनिट आयात भएको देखिन्छ ।
सन् २०२५ को नोभेम्बर महिनामा कियाले दुई युनिट ईभी फाइभ मोडल नेपाल भित्र्याएको थियो । निकै महंगो मूल्यमा आयात भएको ईभी फाइभको अहिले पनि आधिकारीक बिक्री सुरु भएको छैन । तर, कम्पनीले आफ्नो केही कार्यक्रमहरुमा ईभी फाइभ राखेर भने देखाएको छ ।
नेपाली बजारमा सोल ईभी ल्याएर ठूलो एसयूभी इलेक्ट्रीकमा बिक्री थाल्ने कन्टिनेन्टल ट्रेडिङले त्यसपछि निरो ईभी ल्यायो । निकै हाइटेक फिचर भएको निरो पनि सिमित युनिट बिक्री गरेपछि बन्द गरेको कम्पनीले त्यसपछि ईभी सिक्स र नाइन ल्याएको थियो । सन् २०२५ मा कम्पनीले ६ युनिट ईभी नाइन र डेमो भेहिकलको रुपमा २ युनिट ईभी फाइभ मात्रै ल्याएको देखिन्छ ।

