थारको ‘स्टार एडिसन’, थपियो यस्ता फिचर

काठमाडौं । महिन्द्राले आफ्नो चर्चित लाइफ स्टाइल भेहिकल थार रोक्समा नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले ‘स्टार एडिसन’ नाम दिएर ल्याएको नयाँ भेरियन्टको अगाडि नै परिवर्तन पाउन सकिन्छ ।

कम्पनीले नयाँ एडिसनको अगाडिको ग्रिल र अलोय ह्वीलमा केही फरक पाउने छन् । यसको ग्रिल र अलोय ह्वील दुबै ग्लसी ब्ल्याक फिनिशको साथ आउने छ । महिन्द्राले यसको नयाँ स्टार एडिसनमा बाहिरी सेड पहेँलो कलर थप गरेर ल्याएको छ । रेगुलर अन्य कलरमा पनि स्टार एडिशन उपलब्ध हुनेछ ।

थार रोक्सको भित्री अपहोल्स्ट्रीक पनि परिमार्जन भएको छ । सिटको स्टीचीङहरु पनि परिमार्जन भएको छ । इन्ट्रुमेन्ट क्लस्टर र इन्फोटेन्टमेन्ट सिस्टमको लागि १०.२५ इन्चको दुई स्कृन, ३६० डिग्री क्यामेरा, वायरलेस एप्पल कार प्ले, प्यानारोमिक शनरुफ, हर्मन कार्डनको ९ स्पीकर, टेरेन मोड जस्ता फिचर थप भएको हो ।

महिन्द्राले थार रोक्सलाई २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिन अप्सन दिएको छ । यी दुबै इन्जिनसँग म्यानुअल र अटोमेटीक गियरबक्स पाउन सकिन्छ । यहाँ रोचक कुरा के भने महिन्द्राले यसको स्टार एडिसनमा फोर वाई फोर प्रणाली भने दिएको छैन । यो रियर ह्वील ड्राइभमा मात्रै उपलब्ध हुनेछ ।


Back_to_top