धनगढी फुटबल क्लबको प्रायोजकमा किया, नयाँ लोगो सार्वजनिक गर्ने

काठमाडौं । किया नेपालले नेपाल सुपर लिग २०२१ का लागि धनगढी फुटबल क्लबसँग साझेदारी गरेको छ । नेपाल सुपर लिग आगामी बैशाख ११ गतेबाट काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ ।

राउन्ड रोबिन फम्र्याटमा खेलिने सुपर लिग नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो । यहि क्रममा अन्तर्राष्ट्रिय खेल जगतमा जस्तै नेपालमा पनि किया फुटवलसँग जोडिएको छ । कियाले अस्ट्रेलियन ओपन, फिफा वल्र्ड कपमा अफिसियल अटोमोटिभ पार्टनर, युरोपका ५४ मुलुक सहभागी हुने प्रतिस्पर्धा युइएफए युरोपा लिग, नेशनल मोटरस्पोर्टस जस्ता खेलहरुमा आबद्ध जनाउँदै आएको छ ।

किया र धनगढी फुटबल क्लबको साझेदारीसँगै उक्त क्लबका खेलाडीहरुको जर्सीमा कियाको लोगो प्रयोग हुने छ । त्यसैगरी, अनलाइन डिजिटल कन्टेन्ट र अन्य गितिविधिमार्फत पनि ब्रान्ड सचेतना जगाइने किया नेपालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कियाले धनगढी फुटबल क्लब टिमको जर्सीसँगै आफ्नो नयाँ लोगो पनि देशव्यापी रुपमा सार्वजनिक गर्ने जनाएको छ ।


Back_to_top