एक पटकको फुलचार्जमा ३८४ किमी माइलेज दिने कियाको नयाँ कार

अन्तर्राष्ट्रिय अटो बजारमा इलेक्ट्रीक कारको माग हरेक दिन बढी रहेको छ भने गाडी उत्पादक कम्पनीहरु नयाँ इलेक्ट्रीक गाडी उत्पादनमा अर्बौ डलर खर्च गरिरहेका छन् ।

पुराना कम्पनीले नयाँ प्लान्ट स्थापनागरि इलेक्ट्रीक गाडी उतपादन सुरु गरेका छन् भने इलेक्ट्रीक स्पेस्लीष्ट कम्पनीहरु पनि इलेक्ट्रीक कार उत्पादनमा लागेका छन् । 

कोरियाली अटो निर्माता कम्पनी कियाले ‘निरो इलेक्ट्रीक’ क्रसओभर कारलाई यसै वर्ष एसियाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । 

कियाले शोल इलेक्ट्रक निकै पहिलादेखि नै अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्दै आएको छ । अब कम्पनीले ल्याउन लागेको निरोले एकपटकको फूलचार्जमा ३८४ किलोमिटर माइलेज दिनेछ । 

किया निरोमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसमा दिइएको इलेक्ट्रीक मोटरले २०१ बीएचपी पावर र ३९५ एनएम–टर्क उत्पादन गर्छ । यो कारले ७.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको रफ्तार पकड्न सक्ने कम्पनीले दाबी गवरेको छ ।

कम्पनीले निरोलाई क्रसओभर मोडललाई अमेरिकी बजारमा बिक्री सुरु गरिसकेको छ । एसियाली बजारमा २०१९ को पहिलो क्वाटरबाट बिक्री वितरण सुरु गर्ने तयारी भइरहेको छ । 

नेपाली बजारमा कियाले यो वर्ष ४ नयाँ मोडल सार्वजनिक गर्ने जनाएको छ । नेपालमा कियाको गाडी बिक्री सुरु भएको २५ वर्ष पुगेको छ । संभवत नेपाली बजारमा किया निरो यही वर्ष सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top