किया सोनेट र टाटा नेक्सन फेसलिफ्टमा कुन उत्कृष्ट

काठमाडौं । नेपालमा सब फोर मिटर एसयूभीको माग बढेसँगै सबै अटो कम्पनीहरुले यो सेग्मेन्टमा साना एसयूभी ल्याएर विक्री गर्दै आएका छन् । यो सेग्मेन्टमा पछिल्लो पटक किया सोनेट आएको छ भने, टाटाले यसअघि नै विक्री गर्दै आएको नेक्सनको फेसलिफ्ट ल्याउने क्रममा रहेको छ ।

नेपाली बजारमा टाटा नेक्सन, किया सोनेट, हुन्डाई भेन्यू, मारुती सुजुकी ब्रेजा, फोर्ड इकोस्पोर्ट, महिन्द्रा एक्सयुभी ३०० अहिले सव फोर मिटर सेग्मेन्टमा विक्री भइरहेका मोडल हुन् ।

सन् २०१८ मा टाटा मोटर्सको नेक्सन बजारमा आएसँगै टाटाका कारहरुलाई हेर्ने नजर नै परिवर्तन भएको पाइन्छ । अझ टाटा नेक्सनले ग्लोवल एनक्यापको क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाएसँगै उसको विक्री र चर्चा बढेको पाइन्छ । नेक्सनको सफलतामा इभी मोडल पनि थप भएसँगै भारतमा पनि यसको विक्री उत्कृष्ट रहँदै आएको छ ।

त्यस्तै कोरियन अटो कम्पनी कियाले भारतमा छुट्टै प्लान्ट लगाएर उत्पादन सुरु गरेको दोस्रो मोडलको रुपमा आएको सोनेट अहिले बजारको ‘हट केक’ भइरहेको छ । फ्रेस डिजाइन तथा उत्कुष्ट फिचरहरुले सुसज्जीत कियाको सोनेट नेपाली एसयूभी पारखी माझ अहिले चर्चित रहेको छ ।

यस्तोमा यहाँ हामीले टाटाले जनवरीमा नेपाल ल्याउन लागेको नेक्सन फेसलिफ्ट र किया सोनेटको विशेषताहरुको तुलना गरेका छौं ।

किया सोनेटको डिजाइन

किया सोनेटमा टाइगर नोज ग्रिल दिइएको छ । कियाले आफ्ना सबै मोडलमा यहि ग्रिल दिदै आएको छ । सोनेटमा सबै फ्रेस एक्टेरियर डिजाइन दिइएको छ । यस एसयूभीमा मस्कुलर ह्वील आर्क, कनेक्टेड टेलगेट, कालो रंगको सि–पिल्लरको साथ फ्रल्स डोर ह्याण्डल दिइएको छ । उच्च ग्राउण्ड क्लियरेन्स रहेको यो एसयूभीले युवा वर्गलाई आकर्षित गरिरहेको छ ।

टाटा नेक्सन डिजाइन

टाटा नेक्सनको फेसलिफ्ट मोडलमा केहि कस्मेटीक परिवर्तन गरेको छ । यो मोडलमा नेक्सन इभीको जस्तै रिभाइज्ड मस्कुलर हुड दिइएको छ । यसको ग्रिलमा  तीनवटातिरकाे जस्ताे प्याटन पाउन सकिन्छ । यसमा डिआरएल लाइट सहितको सार्प हेडल्यापको साथमा लोअर ग्रिल पनि रहेको छ । नयाँ डिजाइनको अलाेय ह्वीलको साथमा रिभाइज्ड एलइडी टेलल्याम्पमा आउने छ, जसले यसको लुक्स आकर्षक देखिएको छ ।

किया सोनेटको इन्टेरियर

कियाले सोनेटमा फ्रेस डिजाइन दिएको छ, यद्यपी सेल्टोसको प्रभाव यसमा पाउन सकिन्छ । हुन्डाईको भेन्यू तथा मारुती ब्रेजाको बजारमा दबदवा रहेको अवस्थामा सोनेटको आगमनले बजार परिवर्तनका संकेत देखाएको छ । सोनेटको टप भेरियन्टमा १०.२५ इन्चको एचडी टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, बिल्टइन इसिम युभो कार कनेक्टेड फिचर, पुस बटन विथ किलेस इन्ट्री, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, इलेक्ट्रीक सनरुफ, रियर एसी भेन्टको साथै ६ वटासम्म एयरव्याग रहेको छ ।

टाटा नेक्सन इन्टेरियर

टाटा नेक्सनमा पुसस्टार्ट बटन, टचस्किृन इन्फोटेन्मेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल जस्ता उत्कृष्ट फिचर पाउन सकिन्छ । यसमा थप फिचरको रुपमा डिजिटल इन्ट्रिुमेन्टल क्लस्टर, टीएमपीएस तथा इलेक्ट्रीक सनरुफ रहेको छ । यसमा क्याविन छिटो चिसाउनको म्याक्स व्लोअर सहितको एक्सप्रेस कुल बटन समेत दिइएको छ । यसमा रहेको टाटाको आफ्नै कनेक्टेड टेक यूएसपीले अन्य डिभाइसहरुलाई सजिलै कनेक्ट गर्ने क्षमता राख्छ ।

साेनेट ड्यासबाेर्ड

किया सोनेट इन्जिन

कियाको सोनेटमा हुन्डाईको भेन्यूमा प्रयोग भएको चार सिलिण्डर टेस्टेड इन्जिन दिएको छ । यस एसयूभीमा दुई इन्जिन अप्सनमा उपलब्ध रहेको छ । जसमा १.२ लिटर पेट्रोल इन्जिनले ८३ बीएच पावर तथा १४४ एनएम टर्क उत्पादन गर्छ । यसमा रहेको १.५ लिटरको डिजेल इन्जिनले १०० बीएच पावर तथा २४० एनएम टर्क उत्पादन गर्छ । यी इन्जिनमा ५ स्पीड म्यानुअल, ६ स्पीड म्यानुअल, ६ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।

नेक्सन ड्यासबाेर्ड

टाटा नेक्सन इन्जिन

टाटा नेक्सनको फेसलिफ्ट मोडल तत्काल पेट्रोल इन्जिनमा मात्रै नेपाल आउने आधिकारीक विक्रेताले जानकारी दिएको छ । कम्पनीले नेक्सनको १.२ लिटर टर्बाे चार्ज्ड पेट्रोल इन्जिन भेरियन्ट मात्रै तत्काल ल्याउने छ । उक्त इन्जिनले ११८ बीएच पावर तथा १७० एमएम टर्क प्रदान गर्छ । त्यस्तै यसमा १.५ लिटर डिजल इन्जिन समेत रहेको छ । उक्त इन्जिनले १०८ बीएच पावरको साथै २६० एनएमको टर्क उत्पादन गर्छ । यसलाई केहि समयपछि मात्रै नेपाल ल्याउने जनाइएको छ । टाटा नेक्सन पेट्रोल तथा डिजल इन्जिन दुबै इन्जिनमा ६ स्पीडको म्यानुल तथा अटोमेटिक गियर बक्समा उपलब्ध रहेको छ ।

सोनेटको सेफ्टी फिचर

सेफ्टी फिचरको कुरा गर्दा किया सोनेटमा ६ वटा एयरव्याग, आईएसओ फिक्स चाइल्डसिट, सिटवेल्ट वार्निङ्ग, इविडी र इएसपी सहितको एबीएस ब्रेकिङ्ग सिस्टम रहेको छ । किया सोनेटमा युभीओ टेक भर्चूअल सेफ्टी फिचर दिइएको छ, जसमा जियो फेन्सिङ्ग तथा रिमोट कार सटअफ जस्ता फिचर उपलब्ध रहेको छ ।

नेक्सन सनरुफ

टाटा नेक्सन सेफ्टी फिचर

टाटा नेक्सनमा दुई एयरव्याग, हिल होल्ड असिस्ट, रोल ओभर मीटिगेसन, इबिडी सहितको एबीएस ब्रेकिङ्ग सिस्टम, ट्रयाक्सन कन्ट्रोल जस्ता सेफ्टी फिचर रहेको छ । टाटा नेक्सन ग्लोबल एनक्याप सेफ्टी रेटिङ्गमा फाइभ स्टार रेटिङ्ग सहितको उत्कृष्ट सुरक्षा फिचर रहेको एसयूभी हो ।

मूल्यमा फरक

नेपाली बजारमा टाटाको नेक्सनको पुरानो एक्सजेड भेरियन्टको मूल्य ४० लाख ९९ हजारमा विक्री भइरहेको छ । यसको फेसलिफ्ट मोडलको विक्री मूल्य यो भन्दा केहि बढी हुने अनुमान गर्न सकिन्छ । कियाले सोनेटको सुरुवाती भेरियन्टकाे मूल्य भने ३५ लाख ९० हजार रुपैयाँ निर्धारण गरेर विक्री भइरहेको छ ।


Back_to_top