हाइवेमा यात्रा गर्दा यी ४ सामान गाडीमा राखौं, जसले भयानक दुर्घटनामा पनि बचाउन सक्छ

काठमाडौं । सडक दुर्घटना जुनसुकै वेला हुन सक्छ । कसैले पनि चाहेर दुर्घटना हुने कुरा होइन । त्यसमा पनि हाम्रो नेपालमा बनाइएका नागवेली सडकमा जहिल्यैपनि दुर्घटना हुन सक्छ ।

नेपालमा वार्षिक औषत ४ हजारले सडक दुर्घटनाको कारण ज्यान गुमाउने गरेका छन् भने करिब ७ हजार अपाङ्गता हुने गरेका छन् । करिब वार्षिक २० हजार सडक दुर्घटना नेपालको नियती हो ।

विशेषत कारमा यात्रा गर्ने यात्रुको ज्यान गाडीको ढोका लक भएर हुने गरेको छ । स्पीडमा गाडी दुर्घटना हुँदा गाडीका ढोकाहरु खुलेको खण्डमा त्यहाँ रहेका यात्रु बाहिर उछिट्टिएर बाँच्न सक्ने संभावना रहन्छ । तर, अचानक दुर्घटना हुँदा गाडीका ढोकाहरु जाम हुने समस्या अहिले देखिएको छ ।

करिब १ वर्षअघि कावासोतीमा भएको कार दुर्घटनामा पनि गाडीको ढोका जाम भएर सबै गाडीमा नै थुन्निएका थिए । त्यसले यस्ता दुर्घटनामा गाडीमा यात्रागर्दा केहि सामान साथमा बोक्नु राम्रो मानिन्छ ।

१. सिट वेल्ट काट्न मिल्ने चक्कु वा कैची: विशेषत हाइवेमा यात्रा गर्दा यस्ता डरलाग्दा दुर्घटना हुन्छन् कि कति दुर्घटना मानिसलाई हेर्न नै मुस्कील हुन्छ । त्यसैले हाइवेमा यात्रा गर्दा सिट वेल्ट अनिर्वाय वाध्ने गरेका हुन्छौं । यदि गाडी दुर्घटना भयो भने सिट वेल्ट लक हुन सक्छ । यस्तो समयमा गाडीमा आगलागी हुने सम्भावना पनि रहन्छ । त्यसैले सिट वेल्ट काट्न सक्ने चक्कु वा कैंची बोक्नु उपयुक्त हुन्छ ।

२. सिसा तोड्न साधन: दुर्घटनाको समयमा अचानक ढोका लक हुन सक्छ । यस्तो अवस्थामा सिसा फुटाएर बाहिर निस्कनु पर्ने अवस्था आउन सक्छ । त्यसैले हाइवेमा यात्रा गर्दा सिसा फोड्न चाहिने साधन साथमा राख्नु उपयुक्त हुन्छ ।

३. आगो निभाउने एक्सटिंग्विशर: भिआईपी चढ्ने गाडीमा यसलाई सधै राख्ने गरिन्छ । दुर्घटनाको समयमा आगलागी हुन सक्ने खतरा रहन्छ । यदि फायर एक्सटिंग्विशर छ भने आगो निभाउन सहज हुन्छ । यसलाई गाडीको डिकीमा राखेर लिएर हिड्न सकिन्छ ।

४. सिठ्ठी:  कहिले काहि दुर्घटना हुँदा मानिसले गाडी भित्र रहेका मानिसको विषयमा जानकारी नपाउन सक्छ । त्यसैले सिठ्ठी साथमा हुने हो भने त्यसलाई बजाएर बाहिर रहेका मानिसलाई सुचित गर्न सकिन्छ ।

केहि महिना अघि दाउन्नेमा भएको गाडी दुर्घटनामा चालकले गाडीको हर्न बजाएर वरिपरि रहेका मानिसलाई आफु जिवीत रहेको जानकारी दिएका थिए । त्यसपछि स्थानिय र प्रहरीको सहयोगमा उनलाई जीवितै वाहिर ल्याइएको थियो ।


Back_to_top