काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का दुई जना कर्मचारी पक्राउ परेका छन् ।
आइतबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका दुई जना कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित नियन्त्रणमा लिएको हो।
उनीहरूको साथमा तोकिएभन्दा बढी अमेरिकी डलर भेटिएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ५ हजार डलरसम्म बोक्न पाउने व्यवस्था रहेकामा उनीहरूको साथमा सोभन्दा बढी डलर भेटिएको विमानस्थल सुरक्षा प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेहरूको नाम गोप्य राखिएको छ । उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीको भनाइ छ ।


