कियाले नेपाल ल्यायो २०२१ को उत्कृष्ट एसयूभी अवार्ड जित्न सफल मोडल

काठमाडौं । कियाले नेपाली बजारमा नयाँ एसयूभी ल्याएको छ । किया नेपालको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले कियाको प्रिमियम एसयूभी ‘सोरेन्टो’ नेपाल ल्याएको हो ।

किया सोरेन्टो २०२१ को उत्कृष्ट एसयूभीको हो । यसले ‘ग्लोवल लार्जर एभयूभी आफ दि इयर’ जित्न सफल भएको थियो । निकै प्रिमियम फिचरसहित बजारमा आएको किया सोरेन्टो दुई भेरियन्टमा नेपालमा विक्री सुरु हुन लागेको हो ।

इएक्सआई र एजुकेटीभ दुई भेरियन्टमा उपलब्ध यसको सुरुवाती भेरियन्ट इएक्सआईको मूल्य १ करोड ६९ लाख र एजुकेटिभको मूल्य १ करोड ८९ लाख रुपैयाँ तोकिएको छ । कियाले नेपालमा विक्री गर्ने यो नै सबैभन्दा प्रिमियम एसयूभी हो ।

किया सोरेन्टोमा २.५ लिटर फोर सिलिण्डर टर्बो डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले १९८ एचपी पावर र ४४० एनएम टर्क प्रदान गर्छ । अल ह्वील ड्राइभ सिस्टम दिइएको यसमा ८ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ ।

विशेषत सुरक्षा र आरामदायी यात्राको लागि तयार भएको सोरेन्टोमा कियाको चर्चित ‘टाइगर नोज ग्रिल’को प्रयोग गरिएको छ । १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, प्रिमियम ड्यासबोर्ड, एम्वियन्ट लाइट, १८ इन्चको अलोय ह्वील, ३६० डिग्री क्यामेरा, विभिन्न तीन किसिमको ड्राइभ मोड यसमा पाउन सकिन्छ ।

कियाले भारतमा उत्पादन गरेका मोडल नेपाल आएसँगै आक्रमक नेटवर्क र बजार विस्तारमा लागेको कन्टिनेन्टल ट्रेडिङले सोरेन्टोको आयात सुरु गरेसँगै आफ्नो प्रोडक्ट लाइनअप थप मजबुद बनाएको छ ।


Back_to_top