किया स्पोर्टेज किन्दा व्याज तिर्नु नपर्ने

काठमाडौं । कियाले आफ्नो चर्चित एसयूभी ‘स्पोर्टेज’लाई सरल किस्ताबन्दीमा बिक्री गर्नेगरि नयाँ अफर अगाडि ल्याएको छ । मासिक ४८ हजार ३८० रुपैयाँ किस्ता तिरेर गाडी किन्ने योजना कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले ल्याएको हो । 

शून्य प्रतिशत ब्याजदरको यो किस्ताबन्दी योजनामा सहभागी भई स्पोर्टेज कार किन्न मूल्यको ५० प्रतिशत मात्र डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । बाँकी रकम आठ वर्षको लागि किस्ताबन्दीमा उपलब्ध हुनेछ । 

देशभर छरिएर रहेका कियाका जुनसुकै आउटलेटबाट यो एसयूभी खरिद गर्दा किस्ताबन्दी सुविधा पाइने कम्पनीले जनाएको छ । 

उपत्यकाको गैरीधारा, महाराजगन्ज र जावलाखेलमा कियाका आउटलेट रहेका छन् । अल ह्वील ड्राइभ स्पोर्टेज अटोमेटिक र म्यानुअल ट्रान्समिसनमा उपलब्ध छन् । जीटी लाइन मोडलका यी कार कोरियाबाटै आयात गरिएको हो । 

नयाँ किस्ताबन्दी योजना जनवरी १५ सम्मका लागि ल्याइएको कम्पनीले जनाएको छ । 


Back_to_top