बुलेट अब एफआई इन्जिनमा, थप नयाँ कलरमा पनि आउने

काठमाडौं । रोयल इन्फिल्ड बुलेट र क्लासिक ३५० नयाँ प्रदुषण मापदन्ड बीएस ६ अनुसारको इन्जिन, नयाँ कलर अप्सन र प्mयाक्ट्री फिटेड अलोय ह्वील सहित आउने भएको छ । 

परिमार्जित नयाँ मोटरसाइकल २०२० फेब्रुअरीसम्म आउने भारतीय मिडियाले उल्लेख गरेका छन् ।  

फ्युल इन्जेक्टेड इन्जिन सहित आउने यस मोटरसाइकलमा परिमार्जित इन्धन ट्यांकी, आकर्षक लेदर सिट जस्ता फिचर उपलब्ध हुनेछ । यी मोटरसाइकलमा  दुई नयाँ कलर अप्सन थपिने जनाइएको छ । 

यसको गन मेटल ग्रे भर्सनमा फ्याक्ट्री फिटेड अलोय ह्वील दिइने छ भने, स्टिल ब्ल्याक कलर अप्सनमा आउने ३५०मा स्पोक ह्वील लगाउने कम्पनीले जनाएको छ । साथै, क्लासिक ३५० मा मर्करी सिल्भरी र प्योर ब्ल्याक पेन्ट अप्सनमा आउने छ । 

हाल, कम्पनीले क्लासिक, बुलेट र थन्र्डरवर्ड गरि तीन मोडल ३५० सीसीमा बिक्री गरिरहेको छ । आकर्षक लुक्स, डिजाइन र फिचर लोडेड हुने भएकाले रोयल इन्फिल्डका मोटरसाइकल सबै उमेर समूहका ग्राहकको रुची बन्ने गरेको छ । 

नेपाली बजारमा रोयल इन्फिल्डको ३५० सीसी क्षमताका सबै मोडल बिक्री हुँदै आएको छ । 


Back_to_top