काठमाडौं । हुन्डाईले भारतीय बजारमा फ्युल सेल इलेक्ट्रीक भेहिकल नेक्सो ल्याउनको लागि विभिन्न किसिमका सर्भे गरिरहेको रिपोर्टहरु बाहिर आएका छन् । वातावरणमैत्री यि एसयूभी कम्पनीले अमेरिकी बजारमा बिक्री गर्दै आएको छ ।
कम्पनीले पहिलो सन् २०१८ मा आयोजित कन्ज्युमर इलेक्ट्रोनिक शोमा यो एसयूभी बारे जानकारी गराएको थियो । भारतमा गतवर्ष आयोजित ‘भारत कोरिया बिजनेश समिट’मा उक्त एसयूभीको प्रदर्शन समेत भएको थियो ।
यो एसयूभीले सिंगल ट्यांकी फियुलले ७७८ किलोमिटरको दुरि तय गर्न सक्ने कम्पनीले जनाएको छ । यसमा ४० किलोवाटको लिथियम आयोन ब्याट्री प्याक र ९५ किलोवाटको हाइड्रोजन फ्युल सेल उपलब्ध छ । यी दुबैको कम्बाइन्ड व्याट्री आउटपुट १३५ किलोवाट हुने छ ।
यसमा उपलब्ध १२० किलोवाटको इलेक्ट्रीक मोटरले १६३ पीएस पावरका साथै ३९५ एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ । साथै यस एसयूभीले ९.२ सेकेन्डमा ० देखि १०० किलोमिटरको रफ्तार पकड्ने क्षमता राख्छ ।
यो गाडी निकै सुरक्षीत रहेको छ । यसलाई यूरो एनक्यापले ५ स्टार रेटिङ्ग प्रदान गरेको छ ।

