आइपुग्यो एमजीको इलेक्ट्रीक एसयूभी, बिहिबारबाट ग्राहकलाई हस्तान्त्रण हुने

काठमाडौं । एमजीको इलेक्ट्रीक एसयूभी ‘इजेडएस’ काठमाडौं आइपुगेको छ । काठमाडौं ल्याएसँगै कम्पनीले आगामी बिहिबारबाट यसको डेलिभरी सुरु गर्ने जनाएको छ । इजेडएसलाई नेपाली बजारमा एमजीको आधिकारिक बिक्रेता पारामाउन्ड मोटर्सले ल्याएको हो ।

कम्पनीले गत भदौ १७ गते एक यूनिट इजेडएस ल्याएर टेष्टड्राइभ गराइरहेको छ । अब भने कम्पनीले बिक्री वितरण गर्नेगरि गाडी ल्याएको छ । कम्पनी स्रोतका अनुसार केही यूनिट गाडी आज साँझ काठमाडौं आइपुग्ने छ भने अन्य गाडी बिरगञ्ज भन्सार क्लियरेन्स भएर काठमाडौं आइरहेको छ ।  

रेगुलर मोडलकै स्वरुपमा आएकाले यो गाडी इलेक्ट्रीक नै हो भनेर बाटोमा मानिसले पत्ता लगाउन सक्ने किसिमको छैन । एमजी जेडएसकै रेगुलर ग्रिलमा उपलब्ध रहेको छ ।

आठ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, फरक ड्राइभिङ मोड, क्रुज कन्ट्रोल, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड तथा  ६ एयरव्याग र १७ इन्चको डवल टोन अलोय ह्वीलजस्ता फिचरले एसयूभीलाई प्रिमियम बनाएको छ । यो एसयूभीको ग्राउण्ड क्लियरेन्स १७५ एमएम रहेको छ । 

यस एसयूभीको लम्बाई ४३१४ एमएम, चौडाई १८०९ एमएम र उचाई १६४४ एमएम रहेको छ । जसले गाडीको भित्री भाग निकै स्पेशियस देखिएको छ । यसमा २५८५ एमएमको ह्वील वेस दिइएको छ । ११० किलोवाटको इलेक्ट्रीक मोटर जडान गरिएको यो एसयूभीमा ४४.५ किलोवाटको ट्रेनरी लिथियम आयन व्याट्री दिइएको छ । उक्त व्याट्रीमा कम्पनीले ८ वर्षको वारेन्टि प्रदान गर्नेछ ।

कम्पनीले दाबी गरे अनुसार यसले एकपटकको फुलचार्जमा ४२८ किलोमिटर माइलेज दिने दाबी गरेको भएतापनि एनइडीसीले औषत रेञ्ज ३३५ किलोमिटर प्रदान गर्ने जनाएको छ ।

गाडीको समग्र पावर उत्कृष्ट रहेको छ । १४८ बीएच पावर र ३५० एनएम टर्क प्रदान गर्ने गाडीले ६.२ सेकेन्डमा १०० किलोमिटरको रफ्तार पकड्न सक्नेछ ।

आठ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, फरक ड्राइभिङ मोड, क्रुज कन्ट्रोल, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड तथा  ६ एयरव्याग र १७ इन्चको डवल टोन अलोय ह्वीलजस्ता फिचरले एसयूभीलाई प्रिमियम बनाएको छ । यो एसयूभीको ग्राउण्ड क्लियरेन्स १७५ एमएम रहेको छ । 

यस मोडलमा इलेक्ट्रीक पानारोमिक सनरुफ, इलेक्ट्रीक एड्जस्टेवल सिट, लेदर सिटजस्ता फिचर समावेस रहेको कम्पनीले जनाएको छ ।

नाडा अटो शो अघिबाट कम्पनीले १ लाख रुपैयाँ लिएर इएजेडएसको बुकिङ लिएको थियो । यसको मूल्य भने ५० लाख रुपैयाँ निर्धारण गरिएको छ ।


Back_to_top