अटोमेटीक एसयूभी खोज्नेलाई रेनो काइगर, मासिक किस्ता २४ हजार

काठमाडौं । बढ्दो ट्राफिक जामबाट केही राहत पाउन अटोमेटीक एसयूभी किन्न खोज्नेलाई बजारमा उपलब्ध सबैभन्दा सस्तो गाडी रेनो काइगर हो । एक महिनाअघि एड्भान्स अटोमोवाइलले नेपाली बजारमा ल्याएको रेनो काइगर विभिन्न ५ भेरियन्टमा अटोमेटेड म्यानुयल गियरबक्स (एएमटी)मा उपलब्ध रहेको छ ।

कम्पनीले अहिले एएमटी गियरबक्स भएकाे आरएक्सएल, आरएक्सएल ड्यूलटोन, आरएक्सटी, आरएक्सटी ड्यूलटोन, आरएक्सजेड र आरएक्सजेड ड्यूल टोन भेरियन्टमा विक्री गर्दै आएको छ ।

यी भेरियन्ट मध्य सबैभन्दा कम मूल्यको आरएक्सएल भेरियन्ट हो । यसको मूल्य ३१ लाख ६९ हजार रुपैयाँ रहेको छ । यो भेरियन्टलाई किन्न चाहने ग्राहकले मासिक २४ हजार ३०० रुपैयाँ किस्ता तिर्नेगरी ग्राहकले खरिद गर्न सक्ने छन् ।

अहिले बैंक तथा वित्तीय संस्थाले ७.५ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएका छन् । यसरी लिने कर्जा ७ वर्षको लागि लिन सकिने भएकाले ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्दा मासिक किस्ता २४ हजार ३०० रुपैयाँ तिर्नु पर्ने हुन्छ । यसमा कम्पनीले दिने कुनैपनि डिस्काउन्ट जोडिएको छैन ।

त्यसैगरी कम्पनीले विक्री गर्ने आरएक्सएल ड्यूलटोन भेरियन्ट किन्ने ग्राहकले मासिक किस्ता २४ हजार ५०० रुपैयाँ तिर्नु पर्छ । यो भेरियन्टको मूल्य ३२ लाख २ हजार रुपैयाँ तोकिएको छ ।

आरएक्सएलभन्दा माथिको भेरियन्ट आरएक्सटी हो । यसको मूल्य ३४ लाख ६९ हजार रुपैयाँ रहेको छ । यसलाई बैंकबाट ५० प्रतिशत रकम कर्जा दिएर खरिद गर्दा २६ हजार ३०० रुपैयाँ मासिक किस्ता तिर्नु पर्छ । यसको ड्यूलटोन भेरियन्ट किन्ने ग्राहकले भने २६ हजार ८५० रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ । यसको मूल्य ३५ लाख १ हजार रुपैयाँ रहेको छ ।

रेनो सबैभन्दा टप भेरियन्ट आरएक्सजेड हो । यसको अटोमेटीक भेरियन्टको मूल्य ३७ लाख ६९ हजार रुपैयाँ रहेको छ । यसलाई बैंकबाट ५० प्रतिशत रकम कर्जा लिएर किन्न चाहने ग्राहकले २८ हजार ९०० रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ । साथै, यसको ड्यूलटोन भेरियन्ट किन्न चाहने ग्राहकले २९ हजार १५० रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।

यस्तो छ इन्जिन र पावर

रेनोले काइगरमा १.० लिटर क्षमताको इन्जिन प्रयोग गरेको छ । यसमा प्रयोग भएको नेचुरल एस्पायर्ड इन्जिनले अधिकतम ६२५० आरपीएममा ७२ पीएस पावर र ३५०० आरपीएममा ९६ एनएम टर्क प्रदान गर्छ । यसलाई म्यानुयल र एएमटी दुबै गियरबक्समा कम्पनीले उपलब्ध गराएको छ ।

साइज

काइगरको लम्बाई ३९९१ एमएम, चौडाई १७५० एमएम र उचाई १६०५ एमएम रहेको छ । यसमा २५०० एमएमको ह्वीलवेस दिइएको छ ।

२०५ एमएमको ग्राउन्ड क्लियरेन्स, ४० लिटर क्षमताको इन्धन ट्याङ्की, ४०५ लिटरको बुट स्पेश, ड्यूल एयरव्याग, एबीएस, इबीडी, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक स्टायडर्ड भेरियन्टमा पाउन सकिन्छ ।


Back_to_top