ओलालाई टक्कर दिन सार्वजनिक भयो सिंपल वान, २३६ किलोमिटर रेन्ज

काठमाडौं । ओलापछि सिंपल इनर्जीले इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । सिंपल इनर्जीले सिंपल वानको मूल्य १ लाख ९ हजार भारतीय रुपैयाँमा सार्वजनिक गरेको हो ।

एकै दिन सार्वजनिक भएको ओलाको एस वानको मूल्य १ लाख भारतीय रुपैयाँ रहेको छ ।

बैगंलोर बेस इलेक्ट्रीक कम्पनी सिंपल इनर्जीले पहिलो चरणमा भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान, गुजरात, पंजाव, कर्नाटका, तमिलनाडु, आंध्र प्रदेश, तेलंगना, केरला, महाराष्ट्र र गोवामा एकसाथ विक्री सुरु गर्दैछ ।

तमिलनाडुको होसुरमा रहेको सिंपल इनर्जीको प्लान्टबाट वार्षिक १० लाख यूनिट इलेक्ट्रीक स्कुटर उत्पादन गर्ने क्षमता रहेको छ । कम्पनी ७ महिना भित्र नै १३ सहरका विभिन्न ३०० स्थानमा चार्जिङ स्टेशन निमार्ण गर्ने घोषणासमेत गरेको छ ।

सिंपल इनर्जीले सार्वजनिक गरेका सिंपल वान हाइ रेन्जका इलेक्ट्रीक रहेको छ । यो स्कुटर आइडीसी मोडमा राखेर चलाउदा २३६ किलोमिटर रेन्ज दिने कम्पनीको दावी रहेको छ । यसले इको मोडमा भने २०३ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

सिंपल वानको १०५ किलोमिटर टप स्पीड रहेको छ । कम्पनीका अनुसार सिंपल वान ३.६ सेकेन्डमा ०–५० किलोमिटर प्रतिघन्टको स्पीडमा कुद्न सक्छ । यो स्कुटरमा ४.८ किलोवाटको लिथिएम आयमेन व्याट्री प्याक रहेको छ । यसले ९.४ हर्सपावर तथा ७२ एनएम टर्क जेनेरेट गर्छ ।

त्यस्तै यो स्कुटरमा ७ इन्च डिस्प्ले, नेभिगेशन, ब्लुटुथ जस्ता फिचर रहेको छ । भने यसको ब्याट्री प्याक रिमुभएबल रहेको छ । यो स्कुटरमा अन्डरसिट ३० लिटरको क्षमता रहेको छ ।

 


Back_to_top