क्रस फायरको सस्तो मोटरसाइकल ‘ट्रेकर २५०’ भोलि सार्वजनिक हुने, कति होला मूल्य

काठमाडौं । क्रसफायरले कम मूल्यको डूअल स्पोर्टस् मोटरसाइकल भोलि सार्वजनिक गर्ने भएको छ । केही दिनअघि सडक परिक्षणमा देखिएको क्रसफायरको डर्ट बाइक बजारमा विक्री सुरु हुने तयारी भएको हो ।

क्लासिक ह्वील एक्सपोर्ट एन्ड इम्पोर्टले नयाँ मोटरसाइकलको टिजर सार्वजनिक गर्दै मोटरसाइकल बजारमा आउन तयार भएको जानकारी दिएको हो । कम्पनीले यसको नाम ‘ट्रेकर २५०’ राखेको छ । २५० सीसी क्षमतामा आउने यो मोटरसाइकल सेग्मेन्ट कै सबैभन्दा कम मूल्यको मोटरसाइकल हुने अनुमान गर्न सकिन्छ ।

कम्पनी स्रोतका अनुसार यो मोटरसाइकलको मूल्य ४ लाखभन्दा पनि कम हुनेछ । यसको सिधा प्रतिस्पर्धा हिरो एक्सपल्स र यामाहा एक्सटीजेडसँग हुने अनुमान गरिएको छ ।

ट्रेकर २५० अनरोड र अफरोड दुबै किसिमको बाटोको लागि उत्कृष्ट हुने कम्पनीले दावी गरेकोछ । क्रसफायरले नेपाली बजारमा अहिले आरएम २५०, एचजे २५०, जिआर७ २५० जस्ता मोडल विक्री वितरण गर्दै आएको छ । डर्ट स्पेशिलिस्ट क्रसफायरको नयाँ मोटरसाइकल मूल्यकै कारण चर्चा बटुल्ने प्रयास गरिरहेको छ ।

 


Back_to_top