अपाचे आरटीआर १६० टु भी नयाँ ग्राफिक्ससहित सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । टीभीएस अपाचे आरटीआर १६० टु भीको नयाँ एडिशन सार्वजनिक भएको छ । टीभीएसको लागि नेपालको आधिकारि विक्रेता जगदम्बा मोटर्सले रेश इन्स्पायर्ड ग्रफिकमा नयाँ एडिशन सार्वजनिक गरेको हो ।

कम्पनीले आरटीआर १६० टु भीमा नयाँ ग्रफिक्स समावेश गरेको छ । त्यस्तै कम्पनीले यसमा अझै वाइडर टायर दिएको छ । नयाँ ग्राफिक्स र ठुलो टायरले यो मोटरसाइकललाई अझै स्पोर्टी बनाएको कम्पनीको दावी रहेको छ । यसको इन्स्टुमेन्ट क्लस्टरमा पनि परिर्वत गरिएको छ । यसमा चालकको पहिलेको भन्दा धेरै इन्र्फमेसन प्राप्त गर्न सक्नेछन् ।

यो मोटरसाइकलमा १६० सीसी सिंगल सिलिन्डर आरटीआर ओभरस्केर इन्जिन रहेको छ । यो इन्जिनले १४.१४ पीएस पावर तथा १३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ ।

आरटीआर १६० टु भी पर्ल वाइट, म्याट ब्लु, ग्लस रेड, ब्ल्याक र ग्रे गरि ५ कलरमा उपलब्ध मोटरसाइकलको मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको ।


Back_to_top