ब्रेजाभन्दा सस्तो एसयूभीको विक्री सुरु गर्दै सुजुकी, थाहापाउनुस् ३ तथ्य

काठमाडौं । मारुती सुजुकी इन्डियाले मार्चबाट विक्री सुरु गर्न लागेको फ्रोनक्स क्रसओभर अहिले निकै चर्चामा रहेको छ । प्रिमियम ह्याचव्याक बलेनोमा आधारित फ्रोनक्स ब्रेजाभन्दा कम मूल्यमा आउन लागेको हो ।

मारुती सुजुकी इन्डिया लिमिटेड (एमएसआइएल)ले फ्रोनक्स सब-फोर मिटर एसयूभीलाई जनवरीमा भएको ‘अटो एक्स्पो २०२३’मा देखाएको थियो । प्रिमियर गरेसँगै कम्पनीले यसको बुकिङ समेत खुल्ला गरेको थियो । यसले निकै राम्रो बुकिङ पाएको कम्पनीले जनाएको छ ।

क्रसओभर सेग्मेन्टमा उपलब्ध हुन्डाई आई २० एक्टीभ र फोर्ड फ्रिस्टाइलको उत्पादन बन्द भएसँगै बजारमा आउन लागेको कारण यसलाई धेरैले नजिकबाट हेरिरहेका छन् । यस्तोमा यसमा रहेका मुख्य फिचरलाई हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।

इन्जिन र पावर

मारुती सुजुकीको इन्जिन धेरै माइलेजको लागि परिचित रहँदै आएको छ । कम्पनीले फ्रोनक्समा दुई इन्जिन अप्सन दिएको छ । कम्पनीले यसमा रेगुलर १.२ लिटर डुअल जेट इन्जिन दिने भने अर्को १.० लिटर टर्बो बुस्टरजेट रहने छ ।

यसमा रहेको रेगुलर १.२ लिटर इन्जिनले अधिकतम ९० पीएस पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटी गियरबक्स रहने छ ।

त्यसैगरी टर्बो इन्जिनले अधिकतम १०० पीएस पावर र १४८ एनएम टर्क प्रदान गर्छ । यसमा पनि ५ स्पीड म्यानुयल र ६ अटोमेटीक गियरबक्स पाउन सकिन्छ ।

मुख्य फिचर

मारुती सुजुकीले आफ्नो बलेनो र ब्रेजाबाट धेरै फिचर लिएर तयार पारेको कारण यसलाई प्रिमियम फिचरले भरिपूर्ण बनाएको छ । सुरक्षाको लागि पनि यसमा धेरै फिचर अफर गरिएको छ ।

यसमा रहेको टर्न-बाइ-टर्न नेभिगेसन, ३६० डिग्री भ्यु क्यामेरा र हेडअप डिस्प्ले जस्ता फिचर भएको कारण फ्रोनक्स फिचर लोडेड रहेको मान्न सकिन्छ ।

साथै, कारमा वायरलेस चार्जर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी सहितको ९ इन्चको फराकिलो एचडी स्मार्ट प्ले प्रो प्लस इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ ।

सुरक्षा फिचर

कम्पनीले फ्रोनक्समा आइसोफिक्स चाइल्ड सिट एन्करेज, ६ वटा एयरब्याग, थ्री पोइन्ट इएलआर सिटबेल्ट, रियर भ्यू क्यामेरा, एन्टी थेफ्ट सेक्युरीटी सिस्टम, हिल होल्ड असिस्ट र रोल ओभर मिटिगेसन सहितको ईएसपी, ईबीडी र ब्रेक असिस्ट सहितको एबीएस उपलब्ध हुनेछन् ।

सुजुकी कनेक्ट प्लेटफर्ममार्फत उपलब्ध सेफ्टी र सेफ्टी फिचर्सहरुमा इमर्जेन्सी अलर्ट, ब्रेकडाउन नोटिफिकेसन, चोरी भएको सवारीको नोटिफिकेसन र ट्रयाकिङ, इम्मोबिलाइजर, जियोफेन्स, सेफ टाइम अलर्ट र रिमोट अपरेशनहरू समावेश छन् ।


Back_to_top