काठमाडौं । कोशी प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा चार्जिङ स्टेशन निर्माण गर्न ३ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख छ ।
प्रदेश आर्थिक मामला तथा योजना मन्त्री रामबहादुर मगरले सार्वजनिक गरेको बजेटमा लेखिएको छ, ‘पेट्रोलियम पदार्थको आयातलाई प्रतिस्थापन गर्न विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशन निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको छु ।’
ठूलो जनसंख्या र सहरी जनसंख्या धेरै भएको कोशी प्रदेशमा विद्युतीय साधनको प्रयोग बढ्दै गएको छ ।


