काठमाडौं । बागमती प्रदेश सरकारले हिजो सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा उपत्यकामा महिला यात्रुको लागि विशेष सवारीसाधन संचालन गर्ने विषय प्रस्तुत गरेको छ ।
बागमती प्रदेश आर्थिक मामला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको बजेटमा भनिएको छ, ‘काठमाडौं उपत्यकामा यात्रु चाप हुने समयमा महिला यात्रुको लागि मात्रै लक्षीत गरी सार्वजनिक सवारीसाधन चलाउन निजी क्षेत्रसँग सहकार्य गरिनेछ । साथै, सार्वजनिक यातायातमा महिला सवारी चालकको उपस्थिति बढाउन महिला लक्षीत ड्राइभिङ तालिम संचालन गरिनेछ ।
यसका अलावा बजेटले विद्युतीय साधनको उपयोग बढाउन मुख्य सहर र राजमार्गहरुमा विद्युतीय सवारीसाधनका लागि चार्जिङ्ग स्टेशन स्थापना गर्ने विषय उल्लेख गरिएको छ । साथै, सवारी चालक अनुमती पत्र छपाईको लागि मास प्रिन्टर खरिद गर्ने र एकिकृत अटोवर्कशप निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने विषय उल्लेख छ ।


