७ लाख ५० हजार मूल्य भएको केटीएको नयाँ मोटरसाइलको बुकिङ खुल्यो

काठमाडौं । नेपालको लागि केटीएमको आधिकारक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ मोटरसाइकलको मोटरसाइकललको बुकिङ खुल्ला गरेको छ । कम्पनीले २५० एड्भेञ्चर नेपाल ल्याउन भित्र्याउने भएको हो ।

यसअघि कम्पनीले केटीएम एड्भेन्चर ३९० सार्वजनिक गरेको थियो । एड्भेन्चर २५० केटीएसको सबैभन्दा कम क्षमताको एड्भेन्चर मोटरसाइकल रहेको छ ।

कम्पनीले यसको मूल्य ७ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ लिन सुरुसमेत गरेको छ । ग्राहकलाई केहि दिनमा नै केटीएम एड्भेन्चर २५० डेलिभर गर्ने कम्पनीले जनाएको छ ।

केटीएम २५० एड्भेञ्चरमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएममा २९.६ पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यसलाई ३९० एड्भेञ्चरबाट प्रेरित डिजाइनमा निर्माण गरेको छ । केटीएम २५० मा ३९० एड्भेन्चरबाट स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, ३२० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर ३९० एड्भेन्चबाट लिएको छ ।


Back_to_top