काठमाडौं । पावरफुल वाइक निर्माता कम्पनी कम्पनी केटीएमले आफ्नो बुहुप्रतिक्षित केटीएम ३९० एडभेञ्चर वाइकलाई सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले २०१९ को शुरुवातमा नै आफ्नो एन्डभेञ्चर बाइक सार्वजनिक गर्न लागेको हो ।
बिएमडब्ल्यु मोटरराइड इन्डियाले जि ३१० आर र जि ३१० जिएस बाइकको भारतमा बुकिङ्ग खुलाएसँगै केटीएमले नयाँ बाईक सार्वजनिक गर्ने जानकारी दिएको हो, साथै कम्पनीले बिएमडब्ल्युको दुबै बाईकलाई आफ्नो प्रतिस्पर्धीका रुपमा लिइएको छ ।
डिजाइन
प्रिमियम ड्युल स्पोर्ट सेग्मेन्टमा निर्माण भएको यो बाइकको डिजाइन फ्लगशिप १२९० सुपर एडभेञ्चर मोटरसाइकलबाट लिईएको हो । यसमा ३७३ सीसी इन्जिन क्षमताको लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन दिइएको छ । सोही इन्जिन केटीएम ३९० ड्युक र आरसी ३९०मोडलमा पनि दिइएको थियो ।
विशेषता
यो बाइकमा ठुलो साइजको ह्वील, ड्युल स्पोटर्स टायर, लामो दुरीको यात्राको लागि सस्पेन्सन, प्लश सिट, पेनिअर माउन्ट्स, कम्फर्टेबल सिटिंग पोजिशन, हाई इन्टनसिटी हेडल्याम्पस, विन्डस्कृन, ड्युल फ्रन्ट डिस्क ब्रेक तथा एबीएस सिस्टम दिइएको छ ।
मूल्य
यो बाइकको नेपाली बजारमा मूल्य ८ लाख रुपैयाँ हाराहारीमा पर्ने छ ।