भारतमा हुन्डाईको ८० लाख कार उत्पादन, कहिले कति ?

काठमाडौं । हुन्डाई इन्डियाले भारतमा आफ्नो उत्पादन ८० युनिट पुगेको जनाएको छ । 

केही दिन अघिमात्रै मारुति सुजुकीले २ करोड कार उत्पादन गरेको जानकारी गराएको थियो । हुन्डाई मारुती सुजुकी पछि भारतको सबैभन्दा धेरैकार उत्पादन गर्ने कम्पनी रहेको छ । 

हुन्डाईले सन् १९९८ मा स्यान्ट्रोको उत्पादनसँगै भारतमा कार उत्पादन सुरुगरेको थियो । सुरुवातमै सेन्ट्रोले भारतीय र नेपाली बजारमा समेत निकै राम्रो विक्री गर्न सफल भएको थियो । 

अहिले हुन्डाईको ८० लाखऔं कारको रुपमा हुन्डाई क्रेटा उत्पादन भएको छ ।आफ्नो स्थापनाको ८ बर्षमा नै १० लाख कार उत्पादन गरेको कम्पनीले १० लाखौं कारको रुपमा स्यान्ट्रो जिङ उत्पादन गरेको थियो । भारतीय बजारमा उत्पादन भएका हुन्डाईका कार ५३ लाख ९ सय ६७ युनिट कार भारतीय बजारमा बिक्री गरेको छ भने, २७ लाख ३ हजार ५ सय ८१ युनिट कार अन्य देशमा निर्यात गरेको छ ।

पछिल्ला दिनमा जसरी कम्पनी आक्रमक बजारीकरण गर्न लागी परेको छ त्यसलाई हेर्दा कम्पनी अबको केही समय भित्रै १ करोड युनिट उत्पादनको बेन्च मार्क भेट्याउने आंकलन गर्न सकिन्छ । 


Back_to_top