१ करोड ६० लाख रुपैयाँ लागतमा बन्ने ट्राफिक प्रहरी कार्यालय भवनको शिलान्यास

पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको  भवनको आज शिलान्यास गरिएको छ । 

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र प्रदेश नं ४ प्रहरी प्रमुख दानसिंह बोहोराले भवनको संयुक्तरुपमा शिलान्यास गरे । 

पोखरा लेखनाथ महानगरपालिका -९ स्थित ८-६-३-२ क्षेत्रफलमा कूल १ करोड ६० लाखको लागतमा भवन निर्माण गर्न लागिएको हो । 

शिलान्यास समारोहमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई सुन्दर र व्यवस्थित शहर बनाउनका लागि ट्राफिक व्यवस्थापन अपरिहार्य भएको बताउँदै यसको प्रभावकारिताका लागि निर्माणाधीन भवन उपयोगी बन्ने विश्वास व्यक्त गरे। 

प्रदेश नं ४ प्रहरी प्रमुख प्रनामनि दानसिंह बोहोराले भवन निर्माणसँगै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे । 

भवन निर्माण समितिका अध्यक्ष दिलीपराज श्रेष्ठले निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए । 


Back_to_top