जीएम मोटर्सको एफसीओ बनिन् दिव्या, मासिक १ करोडभन्दा बढी तलव

काठमाडौं । भारतीय मुलुकी महिला दिव्या सूर्यदेवरा अमेरिकी मोटर कम्पनी (जिएम) जनरल माटर्सको सिएफओ पदमा नियुक्त भएकी छन् । यसअघी उनि यहि कम्पनीको फाइनान्सको भाइसप्रेसिडेन्टको रुपमा कार्यरत थिइन् । 

अमेरिकाको सबैभन्दा ठुलो सवारी उत्पादक कम्पनीमा यो पोष्टमा पुग्ने उनि पहिलो महिलासमेत भएकी छिन् । 

भारतको चेन्नाइमा जन्मेकी दिव्याले सन् २००४मा जनरल मोटर्स कम्पनीमा सिनियर फाइनान्सियल एनालिष्टको रुपमा कामको सुरुवात गरेकी थिइन । ३९ बर्षकी उनले आगामी सेप्टेम्वर १ तारिकदेखि चिफ फाइनान्सियल अफिसर (सिएफओ) को पद सम्भाल्ने छिन् । 

उनि जनरल मोटर्सको मात्र होइन अटो क्षेत्रकै पहिलो महिला सिएफओ बनेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

यी ५ कारण जस्ले उनलाइ सिएफओ बनायो

१. जिएम समुहको युरोपमा लगानी बिस्तारमा महत्वपूर्ण भुमिका

२. स्व–ड्राइभ कार इकाईको क्रुज अटोमेशनको अधिग्रहणमा मुख्य भूमिका

३. लिफ्ट इंक स्टार्टअपको लगानीमा मुख्य भुमिका

४. जापानी कम्पनी सफ्ट बैंक ग्रुपबाट २.२५ अर्व अमेरिकी डलरको इन्भेष्टमेन्ट ल्याउन मुख्य योगदान ।

५. जिएम कम्पनीलाई ठुला एजेन्सिको रेटिङमा सुधार ल्याउन मद्धत

उनको आम्दानी

दिव्याले कम्पनीको भाईसप्रेसिडेन्टको रुपमा अहिले बार्षिक १५ लाख डलर करिब १५ करोड नेपाली रुपैयाँ भन्दा बढी तलवको रुपमा दिदै आएकी थिइन् । अब प्रमोसनसँगै उनको तलब बढ्ने छ तर, रकमको बारेमा भने केही खुलाइएको छैन । 


Back_to_top