काठमाडौं । केटीएम मोटरसाइकलले ३९० एड्भेन्चरको दुई नयाँ भेरियन्ट सार्वजनकि गरेको छ । कम्पनीले न्यू जेनेरेशन ३९० एड्भेन्चर र ३९० एन्ड्यूरो आर सार्वजनिक गरेको हो ।
यी दुबै मोटरसाइकल केटीएमले इटालीमा हालै सम्पन्न इक्मा अटो शो २०२४ मा प्रदर्शन गरेको थियो । अब भारतीय बजारमा दुबै मोटरसाइकलको प्रि-बुकिङ खुला भएको हो । केटीएम इन्डियाले गोवामा भएको ‘बाइक विक इन्डिया’ मा दुबै मोटरसाइकल प्रदर्शनी गरेको थियो ।
कम्पनीले केटीएम ३९० एड्भेन्चरमा आधारित अफरोडर मोटरसाइकल एन्ड्यूरो आर ल्याएको हो । यसको फ्रन्टमा २१ र रियरमा १८ इन्च स्पोक ह्वील प्रयोग भएको छ । यसमा स्वीचएवल डवल च्यानल एबीएस दिएको छ ।
यो मोटरसाइकलमा ३९० सीसी सिंगल सिलिन्डर इन्जिनले ४५.३ बीएच पावर तथा ३९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।
केटीएम इन्डियाले आगामी जनवरीमा हुने भारत मोविलिटी एक्स्पो २०२५ मा यी दुबै मोडल सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

