भारतमा भएको एनटर्क १२५ डर्ट रेसमा बिजेता भइन बर्षा बस्नेत

काठमाडौं । भारतमा हालै सम्पन्न भएको मोटोसोल २०२४ मा १२५ सीसी स्कुटर डर्ट रेसमा नेपाली रेसर बर्षा बस्नेत बिजयी भएकी छिन् ।

मोटोसोलको चौथौं सस्करणमा सहभागी बर्षाले एनटर्क १२५ डर्ट रेसमा प्रथम स्थान हालिस गर्न सफल भएकी हुन् ।

टीभीएस मोटोसोल ‘ईट्स मोर देन अ फेस्टिवल, ईट्स ए फिलिंग’, भन्ने नारासहित आयोजित चौथोँ सस्करण गोवाको भागाटोरमा आयोजना भएको थियो ।

मोटोसोलमा मोटरसाइकल राइडिङ, थ्रिलिङ रेसहरू, नवीनतम कस्टम मोटरसाइकल सार्वजनिक कार्यक्रम, तथा राइडिङ संस्कृतिको विविध कार्यक्रम गरेर सम्पन्न भएको थियो । विभिन्न मुलुकका मोटर राइडिङ समुदायहरूको सहभागिता रहेको यस मोटोसोलमा नेपाली राइडहरूको समेत सहभागीता रहेको थियो ।

टीभीएसले २०१९ देखिनै मोटोसोलमा सहभागीता जनाउँदै आएको छ ।


Back_to_top