केटीएम ड्यूक ७९० आयो बजारमा, थाहापाउनुस् पाँच तथ्य

काठमाडौं । केटीएमले नेकेट स्ट्रिट फाइटर बाइक ड्यूक ७९० भारतीय बजारमा आज सार्वजनिक गरेको छ । पावरफुल इन्जिन लगाइएको ड्यूक ७९० अफरोड ड्राइभिङलाई मध्यनजर गर्दै निर्माण गरिएको नेकेड बाइक हो । 

विशेषत, केटीएमका उत्पादन युवापुस्ताको रोजाईमा पर्छन् । सुरक्षित, पावरफुल इन्जिन, उत्कृष्ट फिचर, आकर्षक लुक्सका कारण केटीएम ब्राण्ड नेपाली बजारमा समेत स्थापित भइसकेको छ । 

आज सार्वजनिक भएको ड्यूक ७९० नेपाली बजारमा आउँछ वा आउँदैन अहिल्यै भन्न सकिने अवस्था छैन । नेपालमा ४०० सीसी क्षमताभन्दा माथीका बाइकमा अत्याधिक कर लगाइएकाले पावरफुल बाइक आयात घटिरहेको छ । 

यद्यपी यो बाइकका बारेमा चासो राख्नेहरुले थाहा पाउनु पर्ने ५ तथ्य यस्ता रहेका छन् । 

इन्जिन

यसमा ७९९ सीसी लिक्वीड कुल्ड एलसी ८ सी प्यारालल ट्वीन इन्जिन लगाइएको छ । जसले ९ हजार आरपीएमममा १०५ पीएस पावरका साथै ८ हजार आरपीएममा ८६ एनएम टर्क उत्पादनको क्षमता राख्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ ।

विशेषता

यस बाइकमा स्पोर्ट, स्ट्रिट, रेन र ट्राकगरि चारओटा राइडिंग मोड दिइएको छ ।  मोटरसाइकलमा ट्राक्सन कन्ट्रोल, कन्सरिंग, ह्वील कन्ट्रोल लगायतका विशेषता दिइएको छ । 

यसमा हलुका र बलियो चेसिस, सस्पेन्सन, लाइट, वाइरिंग इन्डीकेटर, ३ एमएम अपसाइड डाउन फ्रन्ट फर्क र रियरमा प्रि–लोड एडजसटेबल मनोशक लगाइएको छ । 

डबल च्यानल एबीएस, एलइडी लाइट, ट्राक्सन कन्ट्रोल, टिएफटी कन्ट्रोल, ट्रिपमिटर, स्पिडोमिटर, टेकोमिटर जस्ता फिचर कारण यो बाइक चर्चामा रहेको हो ।   

डायमेन्सन

८२५ एमएमको सिट हाइट भएको यो बाइकको ग्राउन्ड क्लियरेन्स १८६ एमएम रहेको छ । १४७५ एमएमको ह्वीलवेश भएको केटिएम ७९० को तौल १६९ किलोग्राम रहेको छ । यसको फ्रन्ट र रियरमा १७ इन्चको अलोय ह्वील लगाइएको छ भने फ्रन्टमा ३०० एमएमको डबल डिस्क र रियरमा २४० एमएमको सिंगल डिस्क ब्रेक लगाइएको छ ।

मूल्य र प्रतिस्पर्धी

यसको मुल्य करिब ८ लाख ६३ हजार भारु निर्धारण गरिएको छ । यसले कावासाकी जेड ९००, ट्रायफ स्ट्रिट ट्रिपल र डुकाटी मोन्सटरसँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top