केटीएमको फ्ल्यागशिप शोरुम संचालनमा, अब ‘विग बाइक’ पनि बेच्ने

काठमाडौं । केटीएमले नयाँ फ्ल्यागशिप शोरुम संचालनमा ल्याएको छ । केटीएमले नक्सालमा नयाँ शोरुम संचलानमा ल्याएको हो ।

केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले ट्रायम्फ मोटरसाइकलको सोरुम सँगै केटीएमको नयाँ शोरुम संचालनमा ल्याएको हो । यसअघि पनि कम्पनीले नक्सालमै सामान्य सोरुमबाट बिक्री सेवा दिँदै आएको थियो ।

कम्पनीले नयाँ तयार पारेको शोरुममा मोटरसाइकल एसोसरिज तथा राइडिङ गियर्स समेत प्रर्दशन गरिने छ । कम्पनीका अनुसार नयाँ शोरुममा केटीएमका विग बाइकहरु समेत बिक्री तथा प्रर्दशन गरिने छ ।

कम्नपीका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छाले चाँडैनै नेपाली बजारमा केटीएम ३९० एड्भेन्चर÷इन्ड्यूरो मोटरसाइकल बिक्री सुरू गर्ने तयारी थालेको बताएका छन् । कम्पनीले निकट भविष्यमै केटीएमका विग बाइक नेपाल आउने उनको भनाई छ ।

हंशराज हुलाश चन्द एण्ड कम्पनीले २०० सीसीदेखि ३९० सीसीसम्मका मोटरसाइकल नेपाली बजारमा बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने सबै मोटरसाइकल बीएस ६ इन्जिनका छन् ।


Back_to_top