फेसबुक पोस्ट सेयर गर्नेलाई यामाहाले १ हजार रुपैयाँ दिने

काठमाडौं । तपाईले यामाहा नेपालको फेसबुक पेजमा रहेको पोस्ट सेयर गरेर १ हजार रुपैयाँ पाउनु हुनेछ । कम्पनीले यामाहा मोटरसाइकल किन्ने ग्राहकलाई फेसबुक पोस्ट सेयर गरेवापत १ हजार रुपैयाँ छुट दिने भएको हो ।

यामाहा मोटरसाइकल तथा स्कुटरले नयाँ वर्ष २०८२ स्कीम सार्वजनिक गरेको छ । उक्त स्कीम अनुसार कम्पनीले मोटरसाइकल नकिन्दै ५० हजार रुपैयाँसम्म जित्न सकिने अफर गरेको हो ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू राइडले ‘थ्रिल अफ थ्री’ नयाँ वर्ष स्कीम ल्याएको छ । यो स्कीममा ग्राहकले मोटरसाइकल किन्नु अघि नै नगद छुट र मोटरसाइकल किनेपछि पनि क्यास ब्याक पाउने छन् ।

कम्पनीले ल्याएको स्कीम अनुसार घरमै बसेर यो स्कीममा आफ्नो विवरण भरेर ५० हजार रुपैयाँसम्मको छुट पाउन सकिन्छ । साथै, मोटरसाइकल किने पश्चात् १ लाख रुपैयाँसम्म क्यासब्याक दिने कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याएको नयाँ वर्ष स्कीममा कुनैपनि पुरानो मोटरसाइकलसँग यामाहाका नयाँ मोटरसाइकल तथा स्कुटर साट्न सकिन्छ । कम्पनीले एक्सचेन्जका साथै सरल फाइनान्स सेवा समेत उपलब्ध गराएको छ ।

ग्राहकले नयाँ वर्ष स्कीममा शून्य प्रतिशत ब्याजदर मै फाइनान्स सेवा लिन सक्नेछन् । यो योजना यामाहाका नेपालभर रहेका सबै आधिकारिक शोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जानकारी दियो ।


Back_to_top