केटीएमले दुई मोटरसाइकल ल्याउने, ‘एड्भेन्चर आर’मा धेरैको चासो

काठमाडौं । अस्ट्रियन प्रिमियम मोटरसाइकल कम्पनी केटीएमले ३९० एड्भेन्चर सेग्मेन्टमा दुई नयाँ मोडल ल्याउने भएको छ । कम्पनीले ३९० एड्भेन्चरको नयाँ मोडल र ३९० एड्भेन्चर कै इन्डूरो भर्सन ल्याउने भएको हो ।

केटीएमले इन्डूरो भर्सनलाई ३९० एड्भेन्चर आर नाम दिएर ल्याउन लागेको छ । दुबै मोडल अहिले भारतमा परिक्षण भइरहेको तस्बिरहरु बाहिर आएका छन् । तस्बिरमा देखिए अनुसार दुबै मोटरसाइकल ¥याली डिजाइनमा तयार भएको छ ।

कम्पनीले ३९० एड्भेन्चरमा ड्यूक ३९० को जस्तै एलइडी डिआरएल, ठाडो स्ट्याक्ड डुवल प्रोजेक्टर एलइडी हेडलाइट र अगाडि भाइजर दिइएको छ । चौडा र लामो आकारको ग्राबरेल दिइएको मोटरसाइकलमा टुरिङमा निस्कदा ब्याग राख्न सहज हुने किसिमको छ ।

यसमा टीएफटी कन्सोल, फोन कनेक्टीभीटी सिस्टम, नेभिगेसन, सिंगल पीस सिट, डुवल स्पोर्ट टायर, अलोय ह्वील जस्ता फिचर पाउन सकिन्छ ।

त्यसैगरी, नयाँ मोडल ३९० एड्भेन्चर आर मोडलमा फरक एलइडी हेडलाइट, नयाँ बडी प्यानल, फ्रन्ट वीक, फ्ल्याट डर्ट सीट, डर्ट टायर, ब्लक प्याटन रबर स्पोक ह्वील र स्प्लीट ग्रयाबरेल दिइएको छ ।

दुबै मोटरसाइकलमा क्वीक सिफ्टर, ट्रयाक्सन कन्ट्रोल, राइड मोड, स्वीचेवल डुवल च्यानल एबीएस, फ्रन्टमा एड्जस्टेवल यूएसडी फर्क र रियरमा अफसेट मोनोसक सस्पेन्सन रहने छन् ।

केटीएमले दुबै मोडलमा ड्युक ३९० मा प्रयोग गरिएको ३९९ सीसी क्षमताको लिक्वीड कूल्ड इन्जिन दिने छ । जसले अधिकतम ४५ ब्रेकहर्स पावर र ३९ एनएमको पीक टर्क जेनेरेट गर्छ । दुबै मोटरसाइकलमा ६ स्पीडको गियरबक्स रहने छ ।

यी दुई मध्ये धेरै मानिसको चासो भने ३९० एड्भेन्चर आरमा रहने देखिन्छ । किन भने यो केटीएमको विल्कुलै नयाँ सेग्मेन्ट हो ।


Back_to_top