ठूलो ब्राण्डले बनाएको सस्तो इलेक्ट्रीक कार बन्दै महिन्द्रा ‘केयूभी-१००’

काठमाडौं । यही वर्ष नेपाली बजारमा बिक्री सुरु हुने इलेक्ट्रीक कार केयूभी-१०० मुख्य गाडी उत्पादक कम्पनीले उत्पादन गरेको सबैभन्दा सस्तो मूल्यको इलेक्ट्रीक कार हुन सक्ने अनुमान तिब्र भएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक पवन गोयन्काले कम्पनीले ल्याउने नयाँ इलेक्ट्रीक केयूभी-१०० निकै आक्रमक मूल्यमा आउने जनाएसँगै यसलाई कम्पनीले ९ लाख भारु अर्थात् १४ लाख ४० हजार नेपाली रुपैयाँमा भारतमा बिक्री गर्ने अनुमन गरिएको छ । यदी यहि मूल्यमा गाडी बिक्री सुरु हुने हो भने नेपालमा पनि उक्त गाडी करिब २४ लाख सुरुवाति मूल्यबाट बिक्री हुन सक्ने देखिन्छ ।

यसअघि भारतमा महिन्द्राले इभेरिटो ९ लाख १२ हजार सुरुवाति मूल्यबाट बिक्री गर्दै आएको छ भने, टाटा टिगोर इभीको ९ लाख ४४ हजार सरुवाति मूल्य रहेको छ ।

अहिले बजारमा बिक्री वितरण भइरहेको ग्यासोलिन केयूभी-१०० जस्तै आकार, स्वरुप र फिचरमा उपलब्ध हुने छ ।

महिन्द्रा इकेयूभी-१०० मा ४० किलोवाटको नयाँ मोटर दिइएको छ । यसमा प्रयोग भएको व्याट्री ५ घण्टा ४५ मिनेटमा घरायसी प्रयोजनको रेगुलर चार्जरबाट फुल चार्ज गर्न सकिन्छ भने, ४५ मिनेटमा फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न सकिने दाबी कम्पनीको छ ।

इकेयूभी-१०० ले एक पटकको फुल चार्जमा १ सय ४० किलोमिटरसम्म माइलेज दिने जनाइएको छ । यो गाडीको लम्बाई ३७ सय एमएम, चौडाई १७ सय ३५ एमएम, उचाई १६ सय ५५ एमएम रहेको छ भने ह्वीलवेस २३ सय ८५ एमएम रहेको छ ।

लिथियम आयोन व्याट्री प्रयोग भएको महिन्द्रा इकेयूभी-१०० निक्कै प्रतिक्षित कारको रुपमा रहेको छ ।


Back_to_top