काठमाडौं । ललितपुर महानगरपालिकाले जिल्ला प्रहरी परिसर ललितपुरलाई ८ वटा मोटरसाइकल उपलब्ध गराएको छ ।
आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच महानगर प्रमुख चिरिबाबु महर्जनले ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र वोगटीलाई ती मोटरसाइकलहरू हस्तान्तरण गरेका हुन् ।
महानगरले प्रहरीलाई बजाज पल्सर मोटरसाइकल उपलब्ध गराएको हो । यसले जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
महानगरले यसअघि पनि प्रहरी प्रशासनलाई विभिन्न भौतिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

