चुनावका दिन यती एयरलाइन्सले उडान नगर्ने

काठमाडौं । यती एयरलाइन्सले यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको दिन हवाई उडान नगर्ने भएको छ ।

एयरलाइन्सले एक सूचना जारी गर्दै २१ गतेका लागि निर्धारित सबै उडानहरू स्थगित गरिएको जानकारी गराएको हो ।

२२ फागुनदेखि भने उडान नियमित हुने एयरलाइन्सले जनाएको छ ।

निर्वाचन आयोगले भने चुनावका दिन निजी र सार्वजनिक सवारी संचालनमा रोक लगाए पनि हवाई सेवा संचालन गर्न दिने निर्णय गरेको छ ।

एयरलाइन्स कम्पनीहरूले चाहेमा आफ्नो सेवा नियमित संचालन गर्न सक्नेछन् ।


Back_to_top