यामाहा एक्सएसआर १५५ को नयाँ भेरियेन्ट बिक्री सुरू

काठमाडौं । यामाहा इन्डियाले भारतमा एक्सएसआर १५५ मोटरसाइकलको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले एक्सएसआर १५५ मोटरसाइकलको नयाँ कलर अप्सनका रूपमा ‘मेटालिक ब्ल्याक’ भेरियन्ट सार्वजनिक गरेको हो ।

कम्पनीले एक्सएसआर १५५ मोटरसाइकल भारतमा लन्च गरेको ३ महिनाभन्दा कम समयमै नयाँ भेरियन्ट बजारमा ल्याएको हो ।

भारतीय बजारमा नयाँ ‘मेटालिक ब्ल्याक’ भेरियन्टको मूल्य १ लाख ५८ हजार भारु (एक्स शोरुम) तोकिएको छ । कम्पनीले यो भेरियन्टमा नयाँ कलर थपेर मात्रै बजारमा ल्याएको हो । यसमा अन्य केही परिवर्तन गरिएको छैन ।

एक्सएसआर १५५ मेटालिक ब्ल्याक बाहेक अन्य चार भेरियन्टमा उपलब्ध छ । मेटालिक ब्ल्याक भेरियन्टको फ्रन्ट सस्पेन्सन भने गोल्डेन कलरमा छ ।

यामाहाको एक्सएसआर १५५ मोडलले भारतमा छोटो समयमै निकै चर्चा पाएको छ । एक्सएसआर भारतमा धेरैको रोजाइमा पर्नुको मुख्य कारण यसको पुरानो रेट्रो डिजाइन थिम, इन्जिन पर्फमेन्स र मोटरसाइकलमा पाइने आधुनिक फिचरहरू हो ।

यो मोटरसाइकल यामाहा आर १५ र एमटी १५ कै प्लेटफर्ममा निर्माण भएको हो । त्यसैले यसमा दिइएको इन्जिन पनि समान छ । कम्पनीले रेट्रो डिजाइनको मोटरसाइकल मन पराउने ग्राहकका लागि विशेष गरी यो एक्सएसआर १५५ मोडल ल्याएको हो । यसमा क्लासिक स्टाइलका साथै मोर्डन टच पाउन सकिन्छ ।

दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको एक्सएसआर १५५ मा डेल्टा बक्स फ्रेम, गोलाकार एलईडी हेडलाइट सेटअप, टियरड्रप आकारको फ्युल ट्यांक, फ्ल्याट सिंगल पिस सिट, १३७ किलोग्राम तौल, १२० एमएम ग्राउण्ड क्लियरेन्स र १० लिटरको फ्युल ट्यांक दिइएको छ ।

यसमा १५५ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्ब, एसओएचसी, एफआई, भीभीए इन्जिन रहेको छ । यसले अधिकतम १८.४ पीएस पावर तथा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै असिस्ट र स्लिपर क्लच पनि छ ।

साथै, मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक यूएसडी फोर्क र रियरमा स्वीङआर्म लिंक मोनोसक सस्पेन्सन सेटअप, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, ट्युबलेस टायर र कलर म्याचिङ अलोय ह्वील रहेको छ ।

त्यस्तै, वाइ स्मार्टफोन कनेक्टिभिटी सिस्टम सहितको पूरा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, पूरा एलईडी लाइट, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रीक स्टार्टर लगायतका फिचरहरू पाउन सकिन्छ ।


Back_to_top