लिप मोटर्स अन्तर्राष्ट्रिय बजारमा, चाँडै नेपाल आउने

काठमाडौं । कम मूल्यको ह्याचव्याक कार उत्पादन गर्दै आएको लिप मोटर्सले मलेसियामा बिक्री सुरु गरेको छ । यूरोपीयन जाइन्ट स्टेलान्टीसले अन्तर्राष्ट्रिय बजार हेर्न थालेसँगै लिप मोटर्सलेके बजेट कार मलेसियन बजारमा प्रबेश गरेको हो ।

नेपाली बजारमा पनि लिप मोटर्सको उत्पादन बिक्री सुरु हुने हल्ला केही महिनाअघि नै चलेको थियो । तर, चीनमा उत्पादक लिप मोटर्सले साझेदारमा स्टेलान्टीसलाई भित्र्याएसँगै केही फरक अवस्था आएको ब्यावसायीहरु बताउँछन् ।

‘अहिले लिप मोटर्सको सम्पूर्ण अन्तर्राष्ट्रिय बजार स्टेलान्टीसले हेर्ने भएको छ । त्यसैले यसअघि नेपाल ल्याउन प्रयास गर्ने कम्पनीले नै ल्याउँछ भन्ने छैन । जुनसुकै कम्पनीले यसलाई नेपाल ल्याउन सक्ने देखिन्छ’, एक आयातकर्ताले मेरोअटोसँग भने ।

लिप मोटर्सले टी-०३ ह्याचव्याक कार, सी-१० एसयूभी र सी-११ सेडान कार उत्पादन गर्दै आएको छ । चीनमा पनि कम्पनीको सर्वाधिक विक्री हुने मोडल टी–०३ नै हो ।

बजेट कार बिक्री हुने धेरै देशमा टी-०३ उपयुक्त मोडल हुने भएकोले स्टेलान्टीसले यसले बिक्री अन्तर्राष्ट्रिय बजारमा सुरु गर्न लागेको हो । नेपाली बजारमा पनि जुनसुकै ब्यवसायीक घरानाले ल्याएपनि चाँडै यसको प्रबेश हुने निश्चत रहेको बताइन्छ ।


Back_to_top