लीपमोटरका गाडी अब घरमै लगेर टेष्ट ड्राइभ गर्न पाइने

काठमाडौ । अब लीपमोटरका गाडी घरमै लगेर टेष्ट ड्राइभ गर्न पाइने भएको छ ।

नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले ल्याएको ‘लीपमोटर सँग १ दिन’ नामक नयाँ अभियान अन्तर्गत यस्तो सुविधा पाइने भएको हो ।

यस अभियान अन्तर्गत लीपमोटरका गाडी किन्ने योजनामा रहेका ग्राहकले गाडी टेष्ट ड्राइभ गर्न एकदिनका लागि घरमै लैजान पाउने छन् । यसरी गाडी घरमा लैजाँदा कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

ग्राहकको विद्युतीय सवारी अनुभव गर्ने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्न यो अभियान थालिएको कम्पनीले जनाएको छ । सामान्य १० मिनेटको टेस्ट ड्राइभले गाडीको वास्तविक अनुभव लिन वा महत्त्वपूर्ण खरिद निर्णय गर्न पर्याप्त नहुने भन्दै कम्पनीले व्यावहारिक समाधान ल्याएको हो ।

यो पहलले ग्राहकहरूलाई शोरुम नजिकै गरिने छोटो टेस्ट ड्राइभको सट्टा गाडीलाई आफ्नो वास्तविक दैनिक जीवनमा समावेश गर्ने अवसर दिन्छ। गाडीलाई घर लगेर, कार्यालय जाँदा, किनमेल गर्न जाँदा र आफ्ना नियमित सडकहरूमा यात्रा गर्दा, चालकहरूले यो गाडी आफ्नो जीवनशैलीमा कसरी मेल खान्छ र स्थानीय सडकको अवस्थामा कस्तो प्रदर्शन गर्छ भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्छन्।

चिनियाँ स्टार्टअपको लीपमोटरले विश्वभर १० लाखभन्दा बढी गाडीहरू बिक्री गरिसकेको छ । कम्पनीले सन् २०२५ मा मात्रै ५ लाख ९६ हजार ५५५ युनिट गाडी डेलिभरी गरेको थियो ।

लीपमोटरको गाडीहरूमा विश्वस्तरीय सीएटीएल एलएफपी ब्याट्री र आफ्नै अत्याधुनिक स्मार्ट एआई प्रविधिद्वारा संचालित छन् ।


Back_to_top