क्रसफायर नेपालद्धारा भुटानमा मोटरसाइकल बिक्री सुरू*

काठमाडौं । क्रसफायरको नेपालका लागि आधिकारिक बिक्रेता क्लासिक ह्वील्स एक्सपोर्ट एण्ड इम्पोर्ट कम्पनीले भुटानमा क्रसफायरका मोटरसाइकल बिक्री सुरू गरेको छ ।

कम्पनीले नेपालमा बिक्री गरिरहेको क्रसफायरको आरएमजेड २५० मोडलको मोटरसाइकल भुटानमा पनि बिक्री सुरू गरेको हो ।

भुटानको चुबाचु सहरमा आधिकारिक शोरुम स्थापना गरी क्रसफायरको मोटरसाइकल बिक्री सुरू गरिएको हो । भुटानमा क्रसफायरले नयाँ कम्पनी दर्ता गरेर मोटरसाइकल बिक्री सुरू गरेको हो ।

आगामी दिनमा नेपालमा उपलब्ध प्रायः सबै मोडल भुटानमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

‘हामीले चिनियाँ ब्राण्ड क्रसफायरका मोटरसाइकल नेपालमै एसेम्बल गर्दै आएका छौं । नेपाल बाहिर भुटानमा बिक्री सुरू गरेका हौं । अहिले आरएमजेड २५० मोडल बिक्री थालेका छौं । भविष्यमा नेपालमा उपलब्ध सबै मोडल उपलब्ध गराउँछौं,’ कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

नेपालमा स्थापित भइसकेको मोटरसाइकल ब्राण्ड क्रसफायरले भुटानमा आधिकारिक रूपमा उपस्थिति जनाएको हो । एक दशक अघिदेखि नेपालमा बिक्री हुँदै आएको क्रसफायर ब्राण्डका मोटरसाइकलहरू हाल नेपालमै एसेम्बल हुँदै आइरहेका छन् । कम्पनीले काठमाडौंको महाराजगन्जमा प्लाण्ट स्थापन गरी मोटरसाइकल एसेम्बल गर्दै आएको छ । कम्पनीले चाँडै क्रसफायरका मोटरसाइकल भुटानमै एसेम्बल गर्ने योजना समेत बनाएको छ ।

क्लासिक ह्वील्सले हाल नेपालमा क्रसफायरसहित इटालीका ब्राण्डको मोटरसाइकल र ग्यारो इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आइरहेको छ । कम्पनीले निकट भविष्यमा क्रसफायरमात्रै नभई नेपालमा बिक्री भइरहेको इटालीका र ग्यारोलाई समेत भुटानमा निर्यात गर्ने लक्ष्य राखेको छ ।*सम्पादक


Back_to_top