अब लाइसेन्स प्रदेशले नै दिने

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रममा सवारी चालक अनुमती पत्र सम्बन्धीत प्रदेश कार्यालय नै दिनेगरी व्यवस्था गरिने उल्लेख गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लाइसेन्स वितरण सहज बनाउन प्रदेशलाई दिने प्रक्रिया सुरु गर्ने उल्लेख गरिएको छ ।

अहिले यातायात व्यवस्था विभागले नै छपाई गरेर सबै स्थानमा लाइसेन्स उपलब्ध गराउँदै आएको थियो । यसरी दशैभरको लाइसेन्स केन्द्रमा छपाई हुने हुँदा वर्षौसम्म सेवाग्राहीले लाइसेन्स पाउन सकेका थिएनन् ।


Back_to_top