लाइसेन्स सम्बन्धी सेवा आंशिक रूपमा सुचारु

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सेवा पुनः आंशिक रुपमा सुचारु भएको छ ।

यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या आउँदा शुक्रबारदेखि बन्द भएको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) सम्बन्धी सेवा संचालनमा आएको हो ।

सेवा सुचारु भएसँगै सेवाग्राहीले सेवाग्राहीले लाइसेन्सका लागि नयाँ आवेदन दिने, नवीकरण लगायतका काम गर्न सक्नेछन् ।

यसअघि गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभागको कार्यालयमा आगजनी तथा तोडफोड हुँदा सर्भर र डाटा सेन्टरमा क्षति पुगेको थियो । उक्त सर्भर मर्मत गरी विभागले कात्तिक १६ गतेदेखि सेवा आंशिक रूपमा संचालनमा ल्याएको थियो ।

 


Back_to_top