थप आकर्षक डिजाइनमा ‘यामाहा एमटी १५ लिमिटेड एडिसन’

काठमाडौं । यामाहाको चर्चित मोटरसाइकल एमटी १५ को लिमिटेड एडिसन थाइल्याण्डमा सार्वजनिक भएको छ । नयाँ मोटरसाइकल आकर्षक नयाँ कलरमा सार्वजनिक भएको हाे ।

यसमा कुनै किसिमको मेकानिकल परिमार्जन भने गरिएको छैन । यसको फ्यूल ट्याङ्क, हेडलाइट मास्क, रेडिएडर वरपर र टेल कोलमा व्ल्यू कलर दिइएको छ । यसको अगाडि रहेको यूएसडी फर्कमा सुनौलो कलर दिइएको छ । यसले एमटी १५ लाई निकै आक्रमक देखाएको छ ।

यसको वेली प्यान र साइड बडी प्यानल भने कालो कलरमा सजाइएको छ । टर्कुइज व्ल्यू बडी प्यानल र पहेलो अलोय ह्वीलको मिश्रणले मोटरसाइकललाई निकै उत्कृष्ट देखाएको छ ।

यामाहा एमटी १५ मा १५५ सीसी क्षमताको इन्जिन रहेको छ । यामाहाको भिभिए टेक्नोलोजीको साथ लिक्विड कुल्ड एफआई इन्जिनको प्रयोग भएको छ ।

नेपाली बजारमा अहिले यामाहा एमटी १५ को रेगुलर मोडलको बिक्री वितरण हुँदै आएको छ । नेपालको लागि यामाहाको आधिकारीक वितरक मोरङ्ग अटो वर्कसले बिक्री गर्दै आएको यामाहा एमटी १५ को मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ ।

तर, लिमिटेड एडिसन एमटी १५ नेपाल आउँछ वा आउँदैन अहिल्यै भन्न सक्ने अवस्था छैन ।


Back_to_top