लुमिनसको डबल खुशीयाली अफर

काठमाडौं । नेपालको लागि लुमिनस पावर ब्याकअप र सोलार सोलुसनको आधिकारिक बिक्रेता अमट्रेड प्रालिले चाडपर्वको अवसरमा ‘लुमिनस डबल खुशीयाली अफर’को घोषणा गरेको छ । यस अफर अन्तर्गत ग्राहकले लुमिनस ब्रान्डको नयाँ ब्याट्री खरीद गर्दा लक्की ड्रमा सहभागी हुन पाउने छन् ।

यसको साथै ग्राहकहरुले नयाँ लुमिनस ब्याट्रीसँग कुनै पनि ब्रान्डको पुरानो ब्याट्री एक्सचेन्ज गरी ब्याट्रीको अधिकतम खुद्रा मूल्यमा ५० प्रतिशतसम्म छुट पउन सक्नेछन् ।

कम्पनीका अनुसार लक्की ड्र र एक्सचेन्ज अफर लुमिनस ब्याट्रीहरु १०० एम्पीयरदेखि २२० एम्पीयर रेन्जहरुमा लागु हुने कम्पनीले जनाएको छ । यो योजना २२ सेप्टेम्बरदेखि २२ नोभेम्बर २०२१ सम्म लागु हुने जनाइएको छ ।

कम्पनीले यस लक्की ड्रका विजेताहरुको घोषणा २०२१ डिसेम्बरको पहिलो हप्ता आसपास लुमिनस नेपालको फेसबुक पेजबाट लाइभ गरेर खोल्ने छ । लक्की ड्र योजनामा कुल पाँचजना विजेता हुने छन् । लक्की ड्रमा पहिलो पुरस्कारका रुपमा सामसङको ५५ इन्च स्मार्ट टिभी, दोस्रोमा वनप्लस नोर्ड स्मार्टफोन, तेस्रोमा हुवावे जीटी टु प्रो स्मार्ट वाच, चौथोमा सामसङको २१ लिटर कंवेक्शन माइक्रोवेव ओवन र पाँचौं पुरस्कारमा सामसङको ग्यालेक्सी ट्याब्लेट ए७ लाइट रहेको छ ।


Back_to_top