दशैंको मुखमा महंगो भयो मारुती सुजुकी ब्रेजा, यस्तो छ बढेको मूल्य

काठमाडौं । सिजी मोटोकर्पले आफ्नो सबै मोडलको मूल्य वृद्धि गरेको छ कम्पनीले ४० हजारदेखि १ लाख ५ हजारसम्मले मूल्य बढाएको हो ।
सबैभन्दा धेरै मूल्य सर्वाधिक विक्री हुने ब्रेजा जेडएक्सआई प्लस भेरियन्टमा गरिएको छ । साथै कम्पनीले सबैभन्दा कम मूल्य ब्रेजाको भिएक्सआई भेरियन्टमा वृद्धि गरेको छ । ब्रेजा भिएक्सआई भेरियन्ट पहिलोको तुलनामा ४० हजार रुपैयाँले महंगो भएको हो ।

नयाँ मूल्य अनुसार ब्रेजा भिएक्सआईको मूल्य ४२ लाख ४९ हजार, जेडएक्सआई प्लसको ४७ लाख २४ हजार र जेडएक्सआई प्लस ड्यूलको ४७ लाख ५४ हजार रुपैयाँ पुगेको हो ।

ब्रेजामा १.५ लिटर १४६२ सीसी क्षमताको ‘के १५ बी’ पेट्रोल इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा १०५ बीएच पावर र ४४०० आरपीएममा १३८ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

माइलेको कारण पनि ब्रेजा चर्चामा रहेको छ । यसले प्रतिलिटर १८ किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ । यद्यपी सडकमा यसको माइलेज १२ देखि १४ किलोमिटर प्रतिलिटर हुने विभिन्न परिक्षणले देखाएको छ ।

परम्परागत डिजाइनमा तयार भएको एसयूभी भएपनि ग्राहकले यसको बाहिरी बनोट निकै स्पोर्टी पाउन सक्छन् । फुल एलइडी प्रोजेक्टर हेडल्याम्प, स्क्यावर सेप ह्वील, मस्कुलर बम्पर, अगाडि र पछाडि दिइएको स्कीड प्लेट आदिले यसलाई आकर्षक देखाएको छ ।


Back_to_top