आयोनीक-५ लाई उत्कृष्ट डिजाइनमा ‘गोल्ड अवार्ड’, छिट्टै नेपालमा विक्री सुरु हुने

काठमाडौं । आगामी नोभेम्बरमा नेपाल आउने क्रममा रहेको हुन्डाई आयोनीक-५ ले उत्कृष्ट डिजाइनको लागि ‘गोल्ड अवार्ड’ प्राप्त गरेको छ । हालै इन्टरनेसनल डिजाइन एक्सीलेन्स अवार्डको अटोमोटिभ एण्ड ट्रास्पोर्टेसन क्याटगारीमा आयोनीक ५ ले गोल्ड अवार्ड पाएको हो ।

उक्त अवार्ड इन्ड्रष्ट्रियल डिजायनर्स सोसाइटी अफ अमेरिकाले प्रदान गर्दै आएको छ । यसलाई विश्वकै टप थ्री उत्कृष्ट अवार्ड मानिन्छ । यसअघि अटो एक्सप्रेस यूकेले प्रदान गर्ने उत्कृष्ट कार अफ दि इयर अवार्ड पनि आयोनीक-५ ले जितेको थियो ।

हुन्डाईले पहिलो पटक मिडसाइज सीयूभी सेग्मेन्टमा निर्माण गरेको इलेक्ट्रीक भेहिकल आयोनीक-५ ले राम्रो बजार पाइरहेको छ । यसमा कम्पनीले यूनिक प्यारामेट्रीक पिक्सलको प्रयोग गरेको छ । त्यस्तै यो कारमा प्रयोग भएको कलर मेटेरियल पनि वातावरणमैत्री रहेको छ ।

हुन्डाईले यो कारमा पहिलो पटक छतमा घामबाट रिचार्ज हुने शोलार प्यानल समेत राखेको छ । यो टेक्नलोजीको सपोर्टबाट नयाँ आयोनीक-५ लाई शोलार मार्फत चार्ज गर्दा वार्षिक रुपमा २००० किलोमिटर रेन्ज बरावरको चार्ज गर्न सकिने कम्पनीले दावी गरेको छ ।

वार्षिक २ हजार किलोमिटर भनेको दैनिक औषत ५.५ किलोमिटर हो । ग्राहकले विना लगानी वार्षिक २ हजार किलोमिटर रेञ्ज पाउन सक्छन् । हाम्रो वातावरणमा निःशुल्क प्राप्त हुने सूर्यको प्रकाशले नै यो रेन्ज प्राप्त गर्न सकिने छ ।

यसको साथै आयोनीक ५ मा विभिन्न नयाँ प्रयोग गरिएको छ । यसको भेहिकल टु लोड फङ्सनको सहयोगमा अर्को इभीलाई समेत चार्ज गर्न सकिनेछ । अर्को इभी चार्ज गर्नका लागि यसमा व्याट्रीको चार्ज लेबल १५ प्रतिशत भन्दा धेरै हुनु पर्ने हुन्छ ।

आयोनीक-५ को क्याविनमा रहेको प्लगमा व्यक्तिगत इलेक्ट्रोनिक्स साधनहरु जस्तो ल्यापटप, मोवाइल समेत सजिलै चार्ज गर्न सकिन्छ ।


Back_to_top