१० हजारमा इलेक्ट्रीक स्कुटर, ब्याज पनि नलाग्ने

काठमाडौं । बज्र ग्रुपअन्तर्गत इभी नेपाल मोटर्सले लेभ्निङ ब्रान्डको स्कुटरमा विशेष नयाँ वर्ष अफर ल्याएको छ । कम्पनीले १० हजार रुपैयाँ तिरेर लेभ्निङका स्कुटर किन्न सकिने स्कीम ल्याएको हो ।

नयाँ वर्ष स्कीम अन्तर्गत १० हजार रुपैयाँ तिरेर विना व्याजमा स्कुटर किन्न सकिने स्कीम ल्याएको हो ।

यो स्कीममा लेभ्निङ ब्रान्डका कुनैपनि इलेक्ट्रीक स्कुटर किन्न सकिन्छ । ग्राहकले १० हजार रुपैयाँ डाउन पेमेन्ट गरेर बाकी रकम १ वर्षको किस्तामा बुझाउनु पर्ने हुन्छ । यो स्कीममा ग्राहकले ब्याज तिर्नु नपर्ने कम्पनीले बताएको छ ।

बर्ज ग्रुप अन्तर्गतको इभी मोटर्सले आफ्नै फाइनान्स कम्पनी मार्फत फाइनान्स सुविधा उपलब्ध गराउने जनाएको छ ।


Back_to_top