तीजको अवसरमा लेभ्निङका इलेक्ट्रीक स्कुटरमा आकर्षक छुट

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर इलेक्ट्रीक स्कुटर विक्रेता कम्पनी इभी नेपाल मोटर्सले नगद छुट स्कीम सार्वजनिक गरेको छ ।

यो स्कीम अन्तर्गत ग्राहकले भोली १४ गते लेभनिङका इलेक्ट्रीक स्कुटरमा नगद १४ हजार रुपैयाँ छुट पाउने छन् ।

कम्पनीका अनुसार तीजका लागि विशेष गरि महिला दिदिबहिनीहरुका लागि यो स्कीम सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

ईभी नेपाल मोटर्सले हरेक चाड पर्वमा ग्राहक लक्षित योजनाहरु ल्याउँदै आएको छ ।

कम्पनीले नेपालमा विभिन्न मोडलका स्कुटर तथा मोपेडहरु विक्री गर्दै आएको छ ।


Back_to_top