काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्रा एण्ड महिन्द्राले बोलेरो नियोको विशेष संस्करण सार्वजनिक गरेको छ । कम्पनीले भारतमा ११ लाख ५० हजार भारतीय रुपैयाँ मूल्य कायम गर्दै बोलेरो नियोको स्पेशल एडिसन सार्वजनिक गरेको हो ।
महिन्द्राले बोलेरो नियोको विशेष संस्करणमा एक्स्टेरियर र इन्टेरियरमा व्यापक सुधार गरेको देख्न सकिन्छ । कम्पनीले यसमा नयाँ हेडल्याम्पको साथ इन्टीग्रेटेड एलइडी डेटाइम रनिङ लाइट दिइएको छ ।
यसमा रुफ रेल, फग ल्याम्प र डीप सिल्भर शेडमा स्पेयर ह्वील कभर पनि पाउन सकिन्छ । यसको क्याबिनमा ब्लुसेन्स जडान भएको कार टेकको साथमा सात इन्चको टचस्क्रिन इन्फोटेनमेन्टसमेत दिएको छ ।
साथै, कम्पनीले पार्किङ सहजताका लागि यसमा रिभर्स क्यामेरा, क्रुज कन्ट्रोल, माउन्टेड कन्ट्रोलसहितको मल्टिफंक्शनल स्टेयरिङ ह्वील, सिल्भर फिनिस आर्म रेस्टसहितको सेन्टर कन्सोल लगायतका फिचर दिइएको छ ।
यसमा कम्पनीले ड्यूल टोन लेदर सिट अपहोल्स्ट्री, फ्रन्ट र रियर भागमा आर्मरेस्टका साथै ड्राइभर र अगाडि बस्ने यात्रुहरूको लागि लुम्बर सपोर्ट प्रदान गरेको छ ।
कम्पनीले महिन्द्रा बोलेरो नियो स्पेशल एडिसनमा १.५ लिटरको एमह्वक १०० डिजेल इन्जिन दिएको छ । जसले अधिकतम १०१ हर्स पावर र २६० एनएम पिक टर्क उत्पादन गर्दछ ।
यसमा रहेको इन्जिन स्टार्ट/स्टप टेक्नोलोजीले इन्धन बचत गर्न मद्दत गर्ने जनाइएको छ । यसमा एमआईडी सहितको सेमी(डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ईबीडीको साथ एबीएस, डुअल फ्रन्ट एयरब्याग लगायतका फिचर्स थप गरिएका छन् ।
महिन्द्राको बोलेरो नियो केही महिना भित्रै नेपाल ल्याउनेगरी अग्नी इन्कर्पोरेट प्रालिले तयारी गरिरहेको छ ।

