महिन्द्रा इलेक्ट्रीक तीन पाँग्रे ‘ट्रियो’को र्‍याली सम्पन्न

झापा । महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारीक बिक्रेता अग्नि ग्रुपले इलेक्ट्रीक थ्री ह्वीलर ट्रियोको बिक्री सुरु गरेसँगै ग्राहक लक्षित कार्यक्रमहरु गर्दै आएको छ ।

नेपालमा बिक्री सुरु भएको छोटो समयमा नै बजारमा सफलता पाएको ट्रियोका प्रयोगकर्तालाई थप प्रोत्साहान गर्न चैत्र २३ गते विहान ८ दखि दिउँसो ३ः३० बजेसम्म बिर्तामोडदेखि काँडभिट्टासम्म ट्रियो र्‍याली आयोजना गरिएको थियो ।

उक्त र्‍याली बिर्तामोडबाट सुरु भएर बुट्टाबारी-चराली-धुलाबारी हुँदै काँडभिट्टासम्म पुगेर पुनः बुधबारे-जयपुर-सनिश्चरे-सुरुङ्गा हुँदै बिर्तामोड आएर समापन भएको थियो ।

कार्यक्रमको औपचारिक उद्घाटन प्रहरी नायव निरीक्षक पूर्ण गौतमले गरेका थिए । प्रमुख अतिथिका रुपमा उद्योग बाणिज्य महासंघका महासचिव कुसल खतिवडा, महिन्द्रा लास्ट माइल, भारतका प्रतिनिधि चन्दन गुप्ताको उपस्थिति थियो ।

र्‍यालीमा ३० जना ट्रियो चालक लगायत स्थानिय र अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थिति थियो । अग्नि ग्रुपका बिर्तामोडस्थित आधिकारिक बिक्रेता एभरेष्ट अटो ट्रेड प्रालिले आफ्नो कामको क्रममा असाधारण प्रदर्शन गर्ने केही अटो चालकहरूलाई पनि पुरस्कृत गरेको थियो ।

आय श्रोतका लागि विद्युतीय अटो छनोट गरेको र वातावरण जोगाउन सहयोग गरेको कार्यलाई धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण उपस्थित चालकहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा अग्नि ग्रुपले चालकहरुसँग प्रत्येक्षरुप भेटघाट गर्दै झापा क्षेत्रमा बिक्री र सेवाको विकास तथा विस्तार गर्ने बारेमा छलफल गरेको थियो ।

विद्युतीय ट्रियो अटो र्‍यालीले समुदायलाई विद्युतीय सवारीसाधन बारे प्रत्येक्ष रूपमा हेर्न र अनुभव गर्ने अवसर समेत प्रदान गरेको थियो । र्‍याली समयावधिमा उक्त बाटोबाट यात्रा गर्ने इच्छुक यात्रुहरुलाई ट्रियोको निःशुल्क सवारीको सुविधा समेत उपलब्ध गराइएको थियो ।


Back_to_top