रेनो क्वीडमा ७ लाख छुट, ट्राइबरमा पनि भारी छुट पाइने

काठमाडौं । रेनोको आधिकारीक बितरक एड्भान्स अटोमोवाइलले क्वीड ह्याचव्याकमा ७ लाखसम्म सिधै नगद छुट दिएको छ । कम्पनीले २६ लाख ७९ हजार मूल्य तोकेर बिक्री गर्दै आएको थियो ।

रेनोको ‘उल्लासमय आफर-सुपर डुपर प्राइस डिलाइट’ नाम दिएर ल्याइएको नयाँ वर्ष स्कीममा क्वीड आरएक्सटी (ओ) म्यानुअल भेरियन्ट १८ लाख ९९ हजार रुपैयाँमा किन्न सकिन्छ ।

त्यसैगरी कम्पनीले काइगर सब फोर मिटर एसयूभीको आरएक्सटी म्यानुलको मूल्य २६ लाख ९९ र टाइबर आरएक्सएल भेरियन्टको मूल्य २१ लाख ९९ हजार तोकेको छ । यसअघि यी दुबै मोडलको मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले चैत ७ गतेबाट सुरु गरेको यो स्कीम आगामी जेठ ११ गतेसम्म संचालन गर्ने जनाएको छ ।


Back_to_top