इलेक्ट्रीक र ह्याचब्याक कार निर्माणमा लगानी बढाउँदै महिन्द्रा

भारतको प्रमुख एसयूभी निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्राले प्रतिस्पर्धात्मक बजारलाई ध्यानमा राख्दै ग्राउन्ड अप ह्याचब्याक निर्माण गर्ने तयारी गरेको जनाइएको छ । कम्पनीले ईटालीको पिनिनफारिना डिजाइन हाउसमा इलेक्ट्रीक भेहिकलकासाथै ह्याचब्याक कार निर्माण गर्ने योजना बनाएको छ । 

महिन्द्राका प्रबन्ध निर्देशक पवन गोयन्काले इलेक्ट्रीक भेहिकलका साथै ह्याचब्याक कार निर्माण गर्ने योजना बनाइएको जनाकारी दिएका छन् । 

‘मोभिलिटीलाई ध्यानमा राख्दै ओला र उभरका लागि ह्याचब्याक कार निर्माण गर्ने तयारी गरेका छ्रौँ । साथै, अन्य सेग्मेन्टको विकासमा लाग्ने योजना बनाएका छौँ,’ गोयन्काले भने । 

भारतीय बजारमा स्थापित मारुती सुजुकी र टोयोटाले सन् २०२० बाट ईभी मोडलको उत्पादनमा लाग्ने घोषणा गरिसकेका छन् । हुन्डाई मोटर इन्डियाले समेत स्मार्ट ईभीको लागि बजार विस्तार गरिरहेको छ । महिन्द्राले नयाँ परियोजनाको लागि ११० मिलियनदेखि १२० मिलियन डलरसम्म खर्च गर्ने योजना बनाएको छ । 

कम्पनीले इलेक्ट्रीक ईभेरिटो सेडानको उत्पादनका लागि २ सय ३ सय करोड भारतीय रुपैयाँ लगानी गर्ने जनाएको छ । साथै, अमेरिकी कम्पनी फोर्डसँग फिगो र एस्पाएरको ईभी भर्सन निर्माणमा सहकार्य गर्ने सोच बनाएको छ । 

कम्पनीले इलेक्ट्रीक ईभेरिटो सेडानको उत्पादनका लागि २ सय ३ सय करोड भारतीय रुपैयाँ लगानी गर्ने जनाएको छ । साथै, अमेरिकी कम्पनी फोर्डसँग फिगो र एस्पाएरको ईभी भर्सन निर्माणमा सहकार्य गर्ने सोच बनाएको छ । 

यसका अलवा ईभी–बस, कार, एसयूभी, टु–ह्वीलर, थ्री–ह्वीलर र ब्याट्री उत्पादनको लागि २५० देखि ३०० मिलियन डलर खर्चने गोयन्काले बताए । कम्पनीकोे छनौटमा पोर्टफिलोमा रहेका केयूभी, स्मल–एसयूभी एस–११०, साङयोङ्ग प्लाटफर्ममा आधारित एस–२१० मोडल परेका छन् । 

कमर्शियल सवारीसाधनका लागि कम्पनीले ग्लोबल अटोमोबाइलमा थ्री–ह्वीलर मोडल सार्वजनिक गरेको थियो । गोयन्काले सन् २०१० बाटै आफुहरु ईभी मोडलप्रति आकर्षित भएको प्रतिक्रिया दिएका छन् ।


Back_to_top