महिन्द्राले पहिलो पटक महिनामै कटायो ‘हाफ सेन्चुरी’

काठमाडौं । भारतको एसयूभी एक्सपर्ट महिन्द्राले पहिलो पटक एक महिनामै ५० हजार बढी स्पोट्र्स युटिलिटी भेहिकल (एसयूभी) बिक्री गर्न सफल भएको छ ।

महिन्द्राले प्यासेन्जर कार सेग्मेन्टमा सेप्टेम्बरमा एसयूभी मात्रै ५१ हजार ६२ युनिट बिक्री गरेको हो । यो कुनै पनि एक महिनामा बिक्री भएको हालसम्म धेरै  संख्या हो ।

कम्पनीले यो सेम्टेम्बरमा बेचेको एसयूभीको संख्या गत वर्षको सोही अवधिको तुलनामा २३.७४ प्रतिशत धेरै हो । सन् २०२३ को सेम्टेम्बरमा महिन्द्राले ४१ हजार २६७ युनिट एसयूभी बिक्री गरेको थियो ।  महिन्द्राले यसै वर्षको अगस्टमा ४३ हजार २७७ वटा भेहिकल बिक्री गरको थियो ।

महिन्द्राले लन्च गरेको पछिल्लो एसयूभीहरू एकपछि अर्को हिट भइरहेका छन् ।  गत अगस्टमा लन्च गरेको ५ ढोके थार रक्स आगामी बिहिबार बाट बुकिङ सुरू हुँदैछ । रक्सको बुकिङ अहिले सम्मको रेकर्ड ब्रेक गर्ने अनुमान गरिएको छ ।

महिन्द्राको सबैभन्दा धेरै बिक्री स्कर्पियो एन भइरहेको छ । यसका अलावा बोलेरो नियो, एक्सयूभी ७००, थार, एक्सयूभी थ्रीएक्सओ तथा एक्सयूभी ४०० ईभी जस्ता एसयूभीहरू महिन्द्राको पोर्टफोलियोमा रहेको छ । महिन्द्राले छिटै सब कम्प्याक्ट सेग्मेन्टमा एक्सयूभी ३०० ईभी समेत लन्च गर्दैछ ।


Back_to_top